Headline

बिश्वकप निराशा पछि सलाहको सन्यासतर्फ संकेत

Published

on

इजिप्टलाई कतार बिश्वकपमा डोर्याउन नसकेपछि लिभरपुल स्टार मोहम्मद सलाहले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेतर्फ संकेत गरेका छन् ।

अफ्रिकी प्लेअफ अन्तर्गत मँगलवार पेनाल्टी सुटआउटमा सेनेगलसँग पराजित भएपछि इजिप्ट लगातार दोश्रो पटक बिश्वकपमा खेल्नबाट बञ्चित भएको थियो । सेनेगेलसँगै इजिप्ट अफ्रिकी कप अफ नेसन्समा पेनाल्टी सुटआउट मै पराजित हुँदा उपाधिबाट बञ्चित भएको थियो ।

बिश्वकप पुग्न नसकेको पिडाले यसपटक भने सलाहमा अत्याधिक निराशा छाएको छ । इजिप्टको युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको एक भिडियोमा आफ्नो राष्ट्रिय टोलीका साथीहरुलाई सम्बोधन गर्ने क्रममा सलाहले सन्यासतर्फ संकेत गरेका हुन् ।

सेनेगलसँगको हारपछि लकर रुममा सलाहले आफ्ना टिमका साथीहरुलाई सम्बोधन गरेका थिए । “मैले खेलाडीहरुलाई हिजा नै मैले सँगै खेलेको सबैभन्दा उत्कृष्ट खेलाडीहरु रहेको बताएको थिए । मसँग अहिले भन्नलाई धेरै कुरै छैन । तिमीहरुसँग खेल्न पाउनु मेरो लागि ठूलो सम्मान थियो, म यहाँ रहे या नरहे पनि,” उनले भने ।

सलाहको यो सम्बोधनलाई उनले सन्यासतर्फ इंगित गर्न खोजेको रुपमा व्याख्या गरिएको छ । सलाहले इजिप्टका लागि २०११ देखि खेल्दै आफ्नो अन्तर्राष्ट्रिय करिअरको शुरुवात गरेका थिए ।

सलाहको लागि सबैभन्दा ठूलो उपलब्धि सन् २०१७ को बिश्वकप छनोटमा कँगोबिरुद्ध गरेको निर्णायक गोल बन्न पुग्यो । उनको गोलले नै इजिप्ट रुसमा भएको २०१८ बिश्वकपका लागि छानिएको थियो । तर मँगलवार भने सलाहले पेनाल्टी खेर फालेका थिए ।

Click to comment

Trending