Headline

कतार बिश्वकप ड्रः स्पेन र जर्मनी एकै समुहमा, ब्राजिल र अर्जेन्टिनालाई केही सहज

Published

on

कतार बिश्वकपमा स्पेन र जर्मनी एकै समुहमा परेका छन् । शुक्रबार भएको ड्रमा २०१० र २०१४ का बिश्व बिजेता एकै समुह इ मा परेका हुन् ।

समुह इ मै जापान पनि रहेको छ भने अर्को टोली अन्तर महादेशीय प्लेअफबाट आउन छ । दक्षिण अमेरिकाका दुई महारथी अर्जेन्टिना र ब्राजिललाई भने तुलनात्मक रुपमा केही सहज समुहमा परेका छन् ।

समुह सी मा रहेको अर्जेन्टिनाले साउदी अरेबिया, मेक्सिको र पोल्याण्डको सामना गर्ने भएको छ । यस्तै समुह जीमा ब्राजिलले सर्बिया, स्विट्जरल्याण्ड र क्यामरुनसँग खेल्नेछ ।

डिफेन्डिङ्ग च्याम्पियन फ्रान्सलाई पनि अन्तिम १६ मा प्रवेश गर्ने राम्रो सम्भावना बनेको छ । समुह डी मा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र अन्तर महादेशीय प्लेअफबाट आउने टोली पर्नेछ । यस्तै इंगल्याण्डको समुहमा इरान, अमेरिका र युरोपियन प्लेअफ टोली रहनेछ ।

आयोजक कतारको समुहमा इक्वेडर, सेनेगल र नेदरल्याण्ड्समा रहेका छन् । बेल्जियम रहेको समुह एफमा क्यानडा, मोरक्को र क्रोएसिया छन् । पोर्चुगलले भने समुह एच मा घाना, उरुग्वे र दक्षिण कोरियाको सामना गर्नेछ ।

Click to comment

Trending