Headline

डिफेन्डीङ च्याम्पियन चेन्नाई माथि नव प्रवेशी लखनउको सनसनीपूर्ण जित 

Published

on

एविन लुइस र आयुष बदोनीले मात्र १३ बलमा ४० रन जोड्दा नव प्रवेशी लखनउ सुपर जायन्ट्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौँ खेलमा साबिक विजेता चेन्नाई सुपर किंग्स विरुद्धको खेलमा ६ विकेटको सनसनीपूर्ण जित हात पारेको छ । यससँगै लखनउले आईपीएलमा आफ्नो पहिलो जित दर्ता गराएको छ भने चेन्नाईले लगातार दोश्रो हारको सामना गर्न पुगेको छ ।

चेन्नाईले दिएको २११ रनको विशाल लक्ष्य लखनउले १९ दशमलब तीन ओभर खेल्दै चार विकेट गुमाएर जित आत्मसाथ गर्यो ।  

लखनउको जितमा विकेट किपर तथा ओपनर क्विन्टन डि ककले सर्वाधिक ६१ रन बनाए भने ओपनिङमा आएका कप्तान केएल राहुलले २० रनको योगदान दिए । लखनउको जितको नायक बनेका एविन लुइसले २३ बलको सामना गर्दै ६ चौका र तीन छक्का सहित अविजित ५५ रन र अर्का नायक आयुष बदोनीले नौ बल खेल्दै दुई छक्का सहित महत्वपूर्ण १९ रन प्रहार गरे ।

राहुल र डि ककले पहिलो विकेटका लागि १० दशमलब दुई ओभरमा ९९ रन जोड्दै आक्रामक सुरुवात दिए । राहुलको विकेटको पतन पछि क्रिजमा आएका मनिष पाण्डे पाँच रनमा आउट भए भने डि कक र दिपक हूडा पेभेलियन फर्कँदा चेन्नाई खेलमा हाबी भयो ।    

तर लखनउलाई जितका लागि अन्तिम १२ बलमा ३४ रन चाहिएको अवस्थामा बदोनीले एक छक्का तथा लेविसले दुई चौका र एक छक्का सहित एकै ओभरमा २५ रन जोड्दै जित नजिक पुर्याए । अन्तिम ओभरमा बदोनीले एक छक्का प्रहार गर्दा लखनउले पहिलो जित दर्ता गरायो ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरना सात विकेट गुमाएर १८५ रनको विशाल योगफल बनायो ।

चेन्नाईको तर्फबाट रोबिन उथप्पाले सर्वाधिक ५० रन बनाए । लेग स्पिनर रवि बिश्नोईको बलमा एलबिडब्लुको शिकार भएका उथप्पाले २७ बलको सामना गर्दै आठ चौका र एक छक्का प्रहार गरे । 

उथप्पा बाहेक अर्धशतक बनाउन एक रनले चुकेका शिवम दुबेले ३० बलमा ४९, मोइन अलीले ३५, अम्बाती रायुडूले २७ तथा कप्तान रविन्द्र जडेजा १७ रन बनाएर आउट भए भने विकेट किपर महेन्द्र सिंह धोनीले ६ बलमा अविजित १६ रनको योगदान दिए ।

लखनउका बिश्नोई, आवेश खान र एन्ड्रयु टायले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । बिश्नोईले चार ओभरमा २४ रन खर्चिए भने समान ४-४ ओभर बलिङ गरेका खान र टायले क्रमश ३८ र ४० रन खर्चिए ।

Click to comment

Trending