Headline

वायटको शतक र एक्लेस्टनको बलिङमा इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा 

Published

on

ओपनर ड्यानी वायटले शतक तथा सोफी एक्लेस्टनले घातक बलिङ गर्दा दक्षिण अफ्रिका माथि १३७ रनको फराकिलो जित हात पार्दै इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब उपाधिका लागि आइतबार हुने फाइनलमा अष्ट्रेलियाको सामना गर्नेछ ।

वायटले १२९ रनको विशाल पारी खेल्दा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभर खेल्दै आठ विकेट गुमाएर २९३ रन बनायो भने एक्लेस्टनले ६ विकेट हात पार्दा दक्षिण अफ्रिकाले ३८ ओभरमा आफ्ना सबै विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो ।

आठ ओभर बलिङ गरेकी एकलस्टनले ३६ रन दिएर सर्वाधिक ६ विकेट हात पारिन् भने आन्या श्रबसोलले पाँच ओभरमा २७ रन दिएर सुरुवाती दुई विकेट आफ्नो नाममा दर्ता गराइन् ।

वेस्ट इन्डिजकी मिनान डु प्रीले सर्वाधिक ३० रन जोड्दा लारा गुडालले २८ तथा कप्तान सुने लुस, मारिजन काप र विकेट किपर ट्रिषाले समान २१-२१ रन जोडे । 

एक छोडबाट इंग्ल्यान्डले लगातार विकेट गुमाए पनि वायटले १२५ बल खेल्दै १२ चौका प्रहार गरिन् । २६ औँ ओभरमा १२६ रनको अवस्थामा चार विकेट गुमाएको इंग्ल्यान्डको लागि वायटले पाँचौँ विकेटका लागि क्याथरिन डंक्लीसँग मिलेर ११६ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई विशाल स्कोर सम्म पुर्याए । डंक्लीले ७२ बलमा ६० रनको योगदान दिइन् ।

वेस्ट इन्डिजका शबनिम इस्माइले सर्वाधिक दुई विकेट लिँदा मरिजान कापले पनि दुई विकेट हात पारिन् ।         

 

 

Click to comment

Trending