Headline

दिपेन्द्रको अर्धशतक र आदिलको आक्रामक पारीमा नेपालको विशाल योगफल 

Published

on

मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीको अर्धशतक र आदिल आलमको आक्रामक पारीमा नेपालले त्रिकोणात्मक शृंखला अन्तर्गत आफ्नो तेश्रो खेलमा पपुव न्यु गिनीलाई २०४ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुरै २० ओभर खेल्दै सात विकेट गुमाएर २०३ रन बनायो ।

नेपालको तर्फबाट चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रले १९ औँ ओभरको अन्तिम बलमा आउट हुनु अघि ३३ बल खेल्दै सर्वाधिक ६६ रन बनाए । उनले आफ्नो पारीमा तीन चौका र चार छक्का प्रहार गरे । 

दिपेन्द्र बाहेक रोहित कुमार पौडेलले २३ बलमा ४१, आसिफ शेखले २९ बलमा ३८ तथा आजको खेलमा नेपालको लागि डेब्यु गरेका आदिलले ११ बलमा ३१ रनको आक्रामक पारी खेले । आदिलले नोर्मन भानुवाको एकै ओभरमा लगातर तीन छक्का प्रहार गरे ।

अन्तिम ओभरमा तीन विकेट लिएका पिएनजीका कबुआ मोरेले सर्वाधिक तीन विकेट लिए भने रिले हेकुरेले दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

Click to comment

Trending