Headline

करणको ह्याट्रिकमा नेपाल फाइनलमा 

Published

on

तीब्र गतिका बलर करण केसीले किर्तिमानी बलिङ गर्दा पपुवा न्यु गिनीलाई ३७ रनले पराजित गर्दै नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक शृंखलाको फाइनलमा प्रवेश गरेको छ । लगातार तीन खेल जित्दा नेपालले एक खेल अगावै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।

नेपालको जितमा तीब्र गतिका बलर करण केसीले ह्याट्रिक सहित सर्वाधिक पाँच विकेट हात पार्दा २०४ रनको विशाल लक्ष्य पछ्याएको पिएनजी १९ दशमलब चार ओभरमा १६६ रनमा समेटिन पुग्यो ।

करण नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक लिने पहिलो बलर बनेका छन् भने पाँच विकेट लिने पनि पहिलो बलर बन्न सफल भएका छन् । करणले नेपालको लागि २० औ ओभर बलिङ गर्दै दोश्रो, तेश्रो  र चौथों बलमा विकेट निकाल्दै ह्याट्रिक पुरा गरेका हुन् ।

करण बाहेक नेपालको जितमा सोमपाल कामी र अविनाश बोहराले समान २-२ तथा सन्दिपले एक विकेट हात पारे ।     

ओपनरद्वय लेगा सिका र असद भाला समान १-१ रनमा आउट हुँदा खराब सुरुवात गरेको पिएनजीको लागि चार्ल्स अमिनीले ६२, टोनी उराले ४३ तथा सेसे बाउले २५ रन जोड्दै आफ्नो टोलीको पारी सम्हाले । तर त्यस पछि ब्याटिङमा आएका अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।   

मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीको अर्धशतक र आदिल आलमको आक्रामक पारीमा नेपालले त्रिकोणात्मक शृंखला अन्तर्गत आफ्नो तेश्रो खेलमा पपुव न्यु गिनीलाई २०४ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुरै २० ओभर खेल्दै सात विकेट गुमाएर २०३ रन बनायो ।

नेपालको तर्फबाट दिपेन्द्रले ३३ बल खेल्दै सर्वाधिक ६६ रन बनाए भने । उनले आफ्नो पारीमा तीन चौका र चार छक्का प्रहार गरे । 

दिपेन्द्र बाहेक रोहित कुमार पौडेलले २३ बलमा ४१, आसिफ शेखले २९ बलमा ३८ तथा आजको खेलमा नेपालको लागि डेब्यु गरेका आदिलले ११ बलमा ३१ रनको आक्रामक पारी खेले । आदिलले नोर्मन भानुवाको एकै ओभरमा लगातर तीन छक्का प्रहार गरे ।

अन्तिम ओभरमा तीन विकेट लिएका पिएनजीका कबुआ मोरेले सर्वाधिक तीन विकेट लिए भने रिले हेकुरेले दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

Click to comment

Trending