Headline

नेपाल पिएनजीसँग भिड्दै, लक्ष्य फाइनल 

Published

on

घरेलु मैदानमा जारी त्रिकोणात्मक शृंखला अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले फाइनल पुग्ने लक्ष्य सहित पपुवा न्यु गिनीको सामना गर्दैछ । टियु क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार १२:३० बजे सुरु हुनेछ ।

यस अघिका दुई खेलमा जित हात पारेको नेपालले आजको खेलमा पनि जित निकाल्न सकेको खण्डमा एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गर्नेछ भने आजको खेलमा पराजित भएमा आफ्नो अन्तिम क खेल सम्म कुर्न पर्ने हुन्छ ।

नेपालले आफ्नो पहिलो खेलमा पिएनजीलाई १५ रनले पराजित गरेको थियो भने हिजो भएको आफ्नो दोश्रो खेलमा मलेसिया माथि ६ विकेटको सहज जित दर्ता गराएको थियो । यस अघिका दुई खेल मध्य दुवैमा हारको सामना गरेको पिएनजी भने आजको खेलमा पराजित हुँदा फाइनलको यात्रा न्यून बन्न जाने छ । 

पहिलो तीन खेल सकिँदा समान २-२ खेल खेल्दा नेपालले दुईमा नै जित निकालेको छ भने मलेसियाले एकमा जित र अर्कोमा हार बेहोर्दा पिएनजी जित विहिन रहेको छ । नेपालसँग १५ रनले पराजित भएको पिएनजी आफ्नो दोश्रो खेलमा मलेसियासँग आठ रनले पराजित भएको थियो ।

यस अघि भएको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा नौ विकेट गुमाएर १८३ रन बनायो भने १९ दशमलब दुई ओभरमा पिएनजीको स्कोर १६८ रन हुँदा अलआउट गर्यो ।

Click to comment

Trending