Headline

बेंगलोरको पहिलो जित 

Published

on

इन्डियन प्रिमियर लिगको छैटौँ खेलमा रोयल च्यालेंजर्स बेंगलोरले कोलकाता नाइट राइडर्स माथि तीन विकेटको सङ्घर्षपूर्ण जित हात पारेको छ । जितसँगै बेंगलोरले जारी आईपीएलमा पहिलो दुई अंक पनि जोड्न सफल भएको छ ।

दोश्रो खेलमा बेंगलोरको यो पहिलो जित हो भने कोलकाताको पहिलो हार हो । यस सिजनको उद्घाटन खेलमा साबिक विजेता चेन्नाई सुपर किङ्स माथि ६ विकेटको जित दर्ता गर्दै कोलकाताले राम्रो सुरुवात गरेको थियो । बेंगलोर भने आफ्नो पहिलो खेलमा पन्जाब किंग्ससँग पाँचको हारको सामना गर्न बाध्य भएको थियो ।  

खेलमा टस जितेर पहिले बलिङ रोजेको बेंगलोरले कोलकातालाई १८ दशमलब पाँच ओभरमा १२८ रनको सानो योगफलमा रोक्न सफल भए पनि सात विकेट गुमाएर चार बल अगाडि मात्र जित दर्ता गराउन सक्यो ।  

१२९ रनको झिनो लक्ष्य पछ्याएको बेंगलोरले ओपनर अनुज रावतलाई शुन्य, कप्तान फाफ डु प्लेसिसलाई पाँच तथा पूर्व कप्तान विराट कोहलीलाई १२ रनमा गुमायो । 

डेविड विलीशेर्फान रुथरफोर्डले चौथो विकेटका लागि ४५ रन जोड्दै बेंगलोरको जित तर्फ डोर्याए । १८ रन बनाएका बिलीको विकेटको पतन पछि रुथरफोर्डले शहबाज अहमदसँग मिलेर पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गर्दै बेंगलोरलाई जित नजिक पुर्याए । तर १० रनको अन्तरालमा बेंगलोरले क्रमश २७ रन, २८ रन तथा चार रन बनाएका अहमद, रुथरफोर्डवानिन्दु हसरंगालाई गुमाउँदा हार तर्फ लम्कियो ।

विकेट किपर ब्याटर दिनेश कार्तिक र नवौँ नम्बरमा ब्याटिङ गर्न आएका हर्षल पटेलले क्रमश सात बलमा १४ तथा ६ बलमा १० रन प्रहार गर्दै बेंगलोरलाई महत्वपूर्ण दुई अंक दिलाए । कार्तिकले समान १-१ चौका र छक्का प्रहार गरे भने पटेलले दुई चौका आफ्नो नाममा लेखाए ।   

टिम साउथीले चार ओभरमा २० तथा उमेश यादवले चार ओभरमा नै १६ रन दिएर क्रमश तीन र दुई विकेट हात पार्दै बेंगलोरलाई दबाब दिए पनि कोलकातालाई जित दिलाउन भने पर्याप्त रहेन । त्यस्तै एक विकेट मात्र हात पार्न सफल रहे पनि निकै किफायती बलिङ गरेका सुनिल नारायणले चार ओभरमा १२ रन खर्चिए ।

यस अघि वानिन्दु हसरंगाले घातक बलिङ गर्दै चार ओभरमा २० रन दिएर सर्वाधिक चार विकेट लिँदा कोलकाता सानो योगफल रोकिन पुगेको हो । हसरंगा बाहेक आकाश दिपले दुई तथा दुई मेडन ओभर गरेका हर्षल पटेल चार ओभरमा ११ रन दिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

कोलकाताका ब्याटरहरुले सुरुवात दिए पनि त्यसलाई ठुलो स्कोरमा परिणत भने गर्न सकेनन् । आठ जना ब्याटरले दोहोरो अंकमा रन जोडे पनि उसको लागि आन्द्रे रसेलले सर्वाधिक २५ रन भन्दा जोड्न सकेनन् । त्यस बाहेक १० औँ नम्बरमा ब्याटिङ गर्न आएका उमेश यादवले १८ तथा ११ नम्बरमा ब्याटिङ गर्दै वरुण चक्रवर्तीले अविजित १० रन जोड्दै कोलकाताको इज्जत धाने ।        

 

Click to comment

Trending