Headline

पेरुको जितले कोलम्बिया र चिली छनोट चरणबाटै बाहिरिए

Published

on

कोलम्बिया र चिली छनोट चरणबाटै बाहिरिदा पेरुले भने बिश्वकप छनोटका लागि प्ले अफमा स्थान बनाउन सफल भएको छ । दक्षिण अमेरिकी छनोटमा मँगलवार भएको खेलमा पेरुले पाराग्वेलाई २–० ले पराजित गर्यो ।

प्लेअफमा पेरुले अष्ट्रेलिया अथवा युएईसँग खेल्नेछ । अष्ट्रेलिया र युएई एसियाली छनोटमा आ–आफ्नो समुहमा तेश्रो भएपछि एक आपसमा प्लेअफका लागि भिड्ने भएका हुन् ।

ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे यसअघि नै दक्षिण अमेरिकाबाट बिश्वकपका लागि छनोट भइसकेको अवस्थामा पाचौं स्थानको प्लेअफ स्थानका लागि मात्रै अवसर बाकीँ रहेको थियो । पेरु पराजित भएको खण्डमा कोलम्बिया अथवा चिलीले प्लेअफमा स्थान बनाउन सक्ने अवसर थियो ।

आफ्नो अन्तिम खेलमा कोलम्बियाले भेनेजुएलालाई १–० ले हरायो भने चिली उरुग्वेसँग २–० ले पराजित भएको थियो । अन्तर महादेशीय प्लेअफमा पेरु बिजयी हुने हो भने उ लगातार दोश्रो पटक बिश्वकप खेल्नेछ ।

पछिल्लो पटक पेरु प्लेअफको दुई लेगमा समग्रमा न्युजिल्याण्डलाई २–० ले हराउदै बिश्वकप प्रवेश गर्न सफल भएको थियो । तर अष्ट्रेलिया अथवा युएईको उपस्थितिमा पेरुको लागि बिश्वकप यात्रा कठिन हुने निश्चित छ ।

कोलम्बियाले भने मात्र एक अंकले बिश्वकप प्लेअफमा स्थान गुमाउन पुग्यो । छनोटको मध्य चरणमा पुग्दासम्म कोलम्बिया बिश्वकपका लागि सोझै छनोट हुने बलियो अवस्थामै रहेको थियो । तर उसले लगातार ७ खेलमा गोल गर्न नसक्दा अंक तालिकामा खस्कदै जान पुग्यो ।

चिलीले भने लगातार दोश्रो पटक बिश्वकपमा सहभागिताको मौका गुमाएको हो । उसलाई आफू जित्ने मात्र नभएर पेरु र कोलम्बिया पनि पराजित हुनु पर्ने आवश्यकता रहेको थियो ।

ब्राजिलले भने बोलिभियालाई अन्तिम खेलमा ४–० ले पराजित गर्दै दक्षिण अमेरिकी छनोटमा अंकको नयाँ किर्तिमान कायम गर्यो । १४ जित र तीन बराबरीका साथ ब्राजिलको ४५ अंक रह्यो । यो अर्जेन्टिनाले २००२ मा बिश्वकप छनोट हुँदा बनाएको अंकको किर्तिमान भन्दा दुई अंक बढी हो ।

इक्वेडरसँग १–१ को बराबरी खेल्दै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित यात्रालाई ३१ खेलसम्म लम्ब्याएको छ ।

Click to comment

Trending