Headline

स्विडेनलाई हराउदै पोल्याण्ड बिश्वकपमा

Published

on

स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले दोश्रो हाफमा पेनाल्टी मार्फत गोल गरेपछि पोल्याण्ड स्विडेनलाई २–० ले हराउदै कतार बिश्वकपका लागि छानिएको छ ।

प्लेअफ फाइनलमा लेवान्डोस्कीले दोश्रो हाफ शुरु भएको पाँच मिनेटमै पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए । पिटर जिलिन्स्कीले ७२ औं मिनेटमा गोल गर्दै पोलिस जितलाई सुनिश्चित पारेका थिए ।

स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिच अन्तिम १० मिनेट मैदानमा उत्रिएपनि ४० बर्षिय भेटेरान स्ट्राइकरले नतिजामा कुनै प्रभाव जमाउन सकेनन् । तेश्रो पटक बिश्वकप खेल्ने दाउमा रहेका ज्लाटन निराश भने थिए ।

“हामी सबै जना निराश छौं । हारपछि यो सामान्य हुने गर्छ । सबै जना बिश्वकप खेल्ने सपना बोकेर हिडेको हुन्छन् । तर दुर्भाग्यवश हाम्रो लागि यो पुरा हुन सकेन,” ज्लाटनले भने ।

पोल्याण्डको जितको आधार खडा गर्ने क्रममा युभेन्टस गोलकिपर भोइचेक सेज्नीले स्विडिस प्लेमेकर एमिल फोस्बर्गको दुई प्रहारलाई सुन्दर ढँगले बचाएका थिए । पोल्याण्डले पहिलो हाफमा पूर्ण रुपमा नियन्त्रणमा राख्दा उसको जित सुनिश्चित देखिएको थियो ।

जेस्पर कार्लस्टोर्मले ग्रेगोर्ज क्राइचोविकलाई लडाएपछि पोल्याण्डले दोश्रो हाफको शुरुवातमै पेनाल्टी पाएको थियो । त्यसमा लेवान्डोस्कीले आफ्नो करिअरको ७५ औं अन्तर्राष्ट्रिय करिअर गोल गरे । स्विडिस डिफेन्डर मार्कस ड्यानिल्सन लडेको फाइदा उठाउदै जिलिन्स्कीले स्विडेनलाई बिश्वकप पुर्याएका थिए ।

Click to comment

Trending