Headline

माने फेरि नायक बन्दा सेनेगल बिश्वकपमा, सलाहको इजिप्ट चुक्यो

Published

on

सादियो मानेले एक पटक फेरि निर्णायक पेनाल्टीमा गोल गरेपछि सेनेगल इजिप्टलाई हराउदै कतार बिश्वकपका लागि छनोट भएको छ ।

अफ्रिकी प्लेअफ फाइनलको दोश्रो लेग १–० ले जितेपछि समग्रमा १–१ को बराबरी गरेको सेनेगलले पेनाल्टी सुटआउटमा मोहम्मद सलाहको इजिप्टलाई नकआउट गर्यो । गत महिना अफ्रिकी कप अफ नेसन्समा जस्तै अन्तिम पेनाल्टी हान्ने मौका पाएका मानेले आफ्नो प्रहारलाई गोलमा परिणत गर्दै टिमलाई ३–१ को जित दिलाए ।

इजिप्टका तीन खेलाडी पेनाल्टीमा चुक्दा सलाहले निराशाजनक रुपमा बाहिर प्रहार गरेका थिए । सेनेगलले लगातार दोश्रो पटक बिश्वकपमा स्थान बनाउदै खुशीयाली मनाउदा इजिप्ट भने अर्को उपलम्धिबाट चुक्ने पुग्यो ।

अफ्रिकी कप अफ नेसन्सको फाइनल र अतिरिक्त समयपनि गोलरहित हुँदा इजिप्ट सेनेगलसँग ४–२ ले पराजित हुन पुगेको थियो ।

घाना भने अवे गोलको आधारमा नाइजेरियालाई पराजित गर्दै बिश्वकपमा छानियो । दोश्रो लेगमा घानाले नाइजेरियालाई उसकै घरमा १–१ गोलको बराबरीमा रोकेको थियो । पहिलो लेग गोलरहित बराबरीमा टुँगिएको थियो ।
२०१८ मा रुस बिश्वकपमा सहभागिता जनाउन नसकेको घाना फेरि बिश्वकपमा फर्किएको हो । यसअघि उसले २००६, २०१० र २०१४ मा लगातार तीन पटक बिश्वकप खेलेको थियो ।

१९९४ मा बिश्वकपमा डेब्यु गरेको नाइजेरिया भने आठौं प्रयासमा सातौं पटक बिश्वकप खेल्ने धुनमा रहेको थियो । नाइजेरियाले यो खेलका लागि आफ्ना सरकारी कर्मचारीहरुलाई हाफ छुट्टी दिएको थियो भने शहरको बाहिर बाट आउनेहरुका लागि निशुल्क यातायतको व्यवस्था गरेको थियो ।

Click to comment

Trending