Headline

फर्नान्डेसको दुई गोलले पोर्चुगल बिश्वकपमा

Published

on

ब्रुनो फर्नान्डेसले दुवै गोल गरेपछि पोर्चुगल नर्थ मेसेडोनियालाई पराजित गर्दै कतार बिश्वकपका लागि छनोट भएको छ ।

पोर्टोमा भएको प्लेअफ फाइनलमा पोर्चुगलले नर्थ मेसेडोनियालाई २–० ले हराउदै कतारको टिकट काटेको हो । यो सँगै प्लेअफ सेमिफाइनलमा इटालीलाई स्तब्ध बनाएको नर्थ मेसेडोनियाको पहिलो पटक बिश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।

जितपछि भने पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोको अन्तर्राष्ट्रिय करिअर अझै लम्बिने भएको छ । ३७ बर्ष पुगिसकेका रोनाल्डो पोर्चुगल बिश्वकपमा नपुगेको खण्डमा अन्तर्राष्ट्रिय करिअरलाई बिदाई गर्ने धुनमा रहेका थिए ।

तर मँगलवारको जितसँगै रोनाल्डोले पाचौं पटक बिश्वकप खेल्ने भएका छन् । २००६ मा जर्मनीमा भएको बिश्वकपमा पहिलो पटक सहभागिता जनाएका उनले त्यसयता सबै बिश्वकप खेल्दै आइरहेका छन् ।

रोनाल्डोले नै मँगलवार पोर्चुगलको पहिलो गोलमा योगदान दिएका थिए । उनको असिस्टमा खेलको ३२ औं मिनेटमा फर्नान्डेसले पहिलो गोल गरे । इटालीलाई सुदृढ डिफेन्स गर्दै रोक्न सफल नर्थ मेसेडोनिया पोर्चुगल भने चुक्न पुग्यो ।

६५ औं मिनेटमा डिओगो जोटाको क्रसमा व्यक्तिगत दोश्रो गोल गर्दै फर्नान्डेसले पोर्चुगलको जित सुनिश्चित गरेका थिए ।

Click to comment

Trending