Headline

राजस्थानको विजयी सुरुवात

Published

on

युजबेन्द्र चाहल, प्रशिद कृष्णा र ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गर्दा १५ औँ संस्करणको इन्डियन प्रिमियर लिगको पाँचौ खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबाद माथि ६१ रनको फराकिलो जित हात पारेको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रनको विशाल योगफल बनायो भने जबाफी ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेले पनि सात विकेट गुमाएर १४९ रन भन्दा बनाउन सकेन ।

राजस्थानको जितमा ब्याटिङमा खेलको म्यान अफ द म्याच घोषित कप्तान सन्जु सामसनले २७ बल खेल्दै तीन चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ५५ रन जोडे भने बलिङमा चाहलले सर्वाधिक तीन विकेट हात पार्दा कृष्णा र बोल्टले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । चाहलले चार ओभरमा २२ रन खर्चंदा समान ४-४ ओभर बलिङ गरेका कृष्णा र बोल्टले क्रमश १६ र २३ रन खर्चिए ।    

त्यस्तै राजस्थानको लागि ब्याटिङमा ओपनरद्वय जस बटलर र यशस्वी जैसवालले क्रमश ३५ र २०, देवदत्त पड्डीकलले २९ बलमा ४१, शिम्रोन हेटमायरले १३ बलमा ३२ तथा रियान परागले नौ बलमा १२ रनको योगदान दिए ।

हैदराबादको तर्फबाट ऐडेन मार्क्रमले अविजित रहँदै ५७ तथा वाशिंगटन सुन्दरले १४ बलमा पाँच चौका र दुई छक्का सहित ४० र रोमारियो शेफर्डले २४ रन बनाए पनि अन्य ब्याटरले उलेख्य रन जोड्न नसक्दा जित निकाल्न सकेन । हैदराबादका अन्य ब्याटरहरुमा कप्तान केन विलियमसन दुई, अविशेक शर्मा नौ, राहुल त्रिपाठी र निकोलस पुरण समान शुन्य तथा अब्दुल साम्सद चार रनमा आउट भए ।

हैदराबादका उम्रन मलिक र टि नाटराजनले समान २-२ विकेट निकाल्न सके ।     

Click to comment

Trending