Headline

पिएनजी माथि मलेसियाको रोमान्चक जित 

Published

on

ट्वान्टी ट्वान्टी त्रिकोणात्मक शृंखला अन्तर्गत दोश्रो खेलमा मलेसियाले पपुवा न्यु गिनी माथि आठ रनको रोमान्चक जित हात पारेको छ ।

पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ दशमलब तीन ओभर खेल्दै आफ्ना पुरै विकेट गुमाएर १७२ रन भन्दा जोड्न सकेन ।

मलेसियाको जितमा खेलको प्लेयर अफ द म्याच घोषित शर्विन मुनियान्डे ३२ रन खर्चिएर सर्वाधिक चार विकेट हार पार्दा मुहम्मद वफिकपवनदिप सिंहले समान ३-३ विकेट लिए । निकै किफायती बलिङ गरेका वफिकले चार ओभरमा मात्र १४ रन खर्चिए भने सुरुवाती तीन विकेट हात पारेका पवनदिपले चार ओभर नै बलिङ गर्दै ३० रन दिए ।     

ओपनरद्वय लेगा सिका र कप्तान असद भाला क्रमश ६ र ११, चार्ल्स अमिनी पाँच तथा सेसे बाउ शून्य रनमा आउट हुँदा ३७ रनमा चार विकेट गुमाएर निकै खराब सुरुवातको पिएनजीको लागि टोनी उरानोर्मन भानुवाले पाँचौं विकेटको लागि ७४ रनको साझेदारी गर्दै पारी सम्हाले । 

आक्रामक पारी खेल्दै ३५ बलमा ५६ रन बनाएका उरा र २५ बलमा ४५ रनको पारी खेलेका भानुवा क्रमश मुनियान्डेवफिकको बलमा आउट हुँदा मलेसियाको जितको आधार बन्यो । त्यस पछि आएका अन्य ब्याटरले ठुलो पारी खेल्न नसक्दा हारको सामना गर्न बाध्य भयो ।

विकेट किपर सिमोन अटाईले ६ बलमा १७ तथा नोसैना पोकाना ६ बलमा नौं रन जोड्दै पिएनजीलाई जित नजिक पुर्याए पनि दुबै मुनियान्डेको बलमा आउट हुँदा आठ रनको झिनो हारको सामना गर्न बाध्य भयो ।   

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाको लागि ओपनर विरनदिप सिंह र कप्तान अहमद फैजले अर्धशतकीय पारी खेल्दा मलेसियाले २० ओभरमा तीन विकेट गुमाएर १८० रनको विशाल योगफल बनाउन सक्यो ।

ओपनर जुबैदी शुल्किफल चार रनमा आउट भए पनि विरनदिपले अविजित ५९ तथा फैजले ५६ रन जोड्दै मलेसियाको पारी सम्हाले । दोश्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका फैजविरनदिपले क्रमश २७ बलमा पाँच चौका र तीन छक्का तथा ५२ बलमा समान २-२ चौका र छक्का प्रहार गरे ।     

त्यस बाहेक चौथों नम्बरमा ब्याटिङ गर्न आएका सैयद अजिजले पारीको अन्तिम बलमा आउट हुनु अघि २६ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ४७ रन बनाए ।

पिएनजीका नोर्मन भानुवाले सर्वाधिक दुई विकेट हात पारे ।

त्रिकोणात्मक शृंखलाको तेश्रो खेलमा भोली नेपालले मलेसियाको सामना गर्नेछ ।    

Click to comment

Trending