Headline

योङले शतक प्रहार गर्दा न्युजिल्यान्डसँग हार्यो नेदरल्याण्ड्स

Published

on

मध्यक्रमका ब्याटर विल योङले अविजित रहँदै शतकीय पारी खेल्दा घरेलु टोली न्युजिल्यान्डले नेदरल्याण्ड्स विरुद्धको पहिलो एकदिवसीय खेलमा सात विकेटको सहज जित हात पारेको छ । जितसँगै विश्वकप सुपर लिग अन्तर्गतको तीन खेलको शृंखलामा न्युजिल्यान्डले १-० को अग्रता पनि लिएको छ ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका योङले १०३ रन प्रहार गर्दा २०३ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३८ दशमलब तीन ओभर खेल्दै तीन विकेट गुमाएर लक्ष्य पार गर्यो ।

ओपनर मार्टिन गुप्टिल दुई रन जोड्दै पेभेलियन फर्किए पनि खेलको प्लेयर अफ द म्याच घोषित योङले अर्का ओपनर हेनरी निकोल्ससँग दोश्रो विकेटका लागि १६२ रन जोड्दै न्युजिल्यान्डको जितको आधार बुने । रस टेलर ११ रनमा आउट भए भने कप्तान तथा विकेट किपर टम लाथमले अविजित आठ रन जोडे । योङले ११४ बल खेल्दै आठ र तीन छक्का प्रहार गरे ।

नेदरल्याण्ड्सका माइकल रिप्पनले दुई विकेट हात पार्दा लोगन भान बीकले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।        

खराब सुरुवात गरे पनि माइकल रिप्पन र कप्तान पिटर सेलारले उत्कृष्ट ब्याटिङ गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै ४९ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर २०२ रनको सामान्य योगफल बनायो ।

ओपनरद्वय स्टेभन मायकबर्ग र म्याक्स ओ डाउड चार, बिक्रम जित सिंह १९, बास डि लिडे सात तथा विकेट किपर स्कट एडवार्ड्स एक रनमा आउट हुँदा १३ औँ ओभरमा ४५ रनको अवस्थामा पाँच विकेट गुमाएको नेदरल्याण्ड्सको पारी सम्हाल्ने क्रममा रिप्पनले सर्वाधिक ६७ रन बनाए भने अर्धशतक बनाउन चुकेका सेलारले ४३ रनको योगदान दिए ।

नेदरल्याण्ड्सलाई सानो योगफलमा रोक्ने क्रममा ब्लेयर टिकनरले १० ओभरमा ५० रन खर्चिएर सर्वाधिक चार तथा काइल जेमिसनले नौ दशमलब चार ओभरमा ४५ रन दिएर तीन विकेट हात पारे ।  

Click to comment

Trending