Headline

“अरे छोडना यार । ये बुम्रा भुम्रा क्या करेगा” – विराट कोहली 

Published

on

भारतीय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य मध्यका एक हुन् तीब्र गतिका बलर जस्प्रित बुम्रा । फरक बलिङ गर्ने शैली भएका बुम्रा सुरुवाती चरणमा त्यही शैलीका कारण चर्चामा आए पनि पछि उनले आफ्नो बलिङ क्षमताका कारण चर्चा बटुलेका छन् ।

टेस्ट होस् या एकदिवसीय खेल नै, अथवा ट्वान्टी ट्वान्टी खेल । अहिलेको अवस्थामा भारत मात्र नभएर इन्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इन्डियन्सले पनि २८ वर्षीय बुम्रा बिना खेल्ने बारेमा सोच्न पनि सक्दैन । उनी अहिले भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा पुर्व कप्तान विराट कोहलीसँगै भारतीय टोलीका कप्तान रोहित शर्मासँगै ए प्लस क्याटेगोरीमा रहेका छन् ।  

सन् २०१५ मा पहिलो पटक आईपीएलमा मुम्बईमा आबद्ध भएका उनले एक वर्ष भित्रमा नै भारतको एकदिवसीय र ट्वान्टी ट्वान्टी टोलीमा स्थान बनाए भने टेस्टका लागि उनले सन् २०१८ सम्म कुर्न पर्यो । उनी भारतको तर्फबाट टेस्टमा सर्वाधिक छिटो ५० विकेट लिने बलर हुन् भने उनले टेस्टमा ह्याट्रिक पनि पुरा गरेका छन् ।   

तर बुम्रा सहजै यस स्थान सम्म आउन सकेका हैनन् । बुम्राले आफुलाई उत्कृष्ट बलर बनाउनका लागि आफ्नो लगन, कडा मिहिनेत र परिश्रमको ठुलो स्थान रहेको छ । तर पनि केही क्रिकेट जानकारहरू भने यसमा विराट कोहलीलाई पनि श्रेय दिन पर्ने बताउँछन् । धोनीको कप्तानीमा भारतको लागि डेब्यु गरेका उनी कोहलीको कप्तानीमा पृथक योद्धा भएर उदाए ।

तिनै कोहलीले भने सन् २०१४ मा भने बुम्रालाई कम आँकेका थिए । यसको खुलासा गरेका हुन् रोयल च्यालेन्ज्र्स बेंगलोर र भारतीय क्रिकेट टोलीका पूर्व विकेट किपर पार्थिव पटेलले । मुम्बईले बुम्रालाई सन् २०१५ मा आफ्नो टोलीमा आबद्ध गराएको थियो । तर पटेलले त्यसको एक वर्ष अघि नै आफ्नो फ्रेन्चाइजका कप्तान कोहलीलाई बुम्राको बारेमा कुरा गरेका थिए ।

तर त्यस समयमा कोहलीले पटेलसँग बुम्राको कुरा नगर्न भन्दै उनलाई मौका दिनलाई अस्विकार गरे । जब पटेलले बुम्राको कुरा गरे त्यस समयमा कोहलीले “अरे छोडना यार । ये बुम्रा भुम्रा क्या करेगा” (छोड न यार यो बुम्रा भुम्राले के गर्छ र) भन्दै कुरा टारे ।  

पार्थिवको कप्तानीमा गुजरातले घरेलु प्रतियोगिता खेल्दा बुम्रा आफ्नो खेल जीवनको सुरुवाती दिनमा रहेका थिए ।        

Click to comment

Trending