Headline

लखनउ माथि गुजरातको रोमाञ्चक जित 

Published

on

तीब्र गतिका बलर मोहम्मद शामीले घातक बलिङ गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथो खेलमा नवप्रवेशी गुजरात टाइटान्सले अर्को नवप्रवेशी लखनउ सुपर जायन्ट्स माथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ । जितसँगै गुजरातले दुई अंक पनि जोड्न सफल भएको छ । 

लखनउले दिएको १५९ रनको मध्यम लक्ष्य पछ्याएको गुजरातले पाँच विकेट गुमाएर दुई बल अगाडि मात्र जित दर्ता गर्यो ।

गुजरातको जितमा सर्वाधिक रन बनाएका राहुल टेवाटियाले २४ बल खेल्दै पाँच चौका र दुई छक्का सहित अविजित ४० रन बनाए भने कप्तान हार्दिक पान्ड्याले ३३ तथा ओपनर म्याथ्यु वेड र डेविड मिलरले समान ३०-३० रनको पारी खेले भने अभिनव मनोहरले पनि अविजित रहँदै सात बलमा १५ रनको योगदान दिए ।

ओपनर शुभमन गिल शुन्य तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका विजय शंकर चार रनमा आउट हुँदा खराब सुरुवात गरेको लखनउको लागि वेडपान्ड्याले तेश्रो विकेटका लागि ५७ रन जोड्दै पारी सम्हाले । तर ६ रनको अन्तरालमा दुबै जना पेभेलियन फर्कँदा लखनउ ११ दशमलब पाँच ओभरमा चार विकेटको नोक्सानीमा ७८ रनको अवस्थामा खुम्चिन पुग्यो ।

जितका लागि अन्तिम ४९ रनमा ८१ रनको अवस्थामा मिलरटेवाटियाले पाँचौ विकेटका लागि ३४ बलमा ६० रन जोड्दै लखनउलाई जित नजिक पुर्याए । १७ दशमलब तीन ओभरमा आवेश खानको बलमा आउट भएका मिलरले टेवाटियासँग मिलेर पछिल्लो १५ बलमा समान ४-४ चौका र छक्का सहित ४७ रङ जोड्दा लखनउ आईपीएलमा प्रवेस गरेको पहिलो खेलमा नै जित निकाल्न सक्षम रह्यो ।

गुजरातका दुश्मन्था चमिराले सर्वाधिक दुई तथा आवेश खान, कुर्नाल पान्ड्यादिपक हूडाले समान १-१ विकेट हात पारे । लखनउका लेग स्पिनर रवि बिष्नोईले चार ओभरमा ३४ रन खर्चिए भने विकेट पनि निकाल्न सकेनन् । निकै किफायती बलिङ गरेका कुर्नालले चार ओभरमा ३७ रन मात्र खर्चिए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउका लागि दिपक हूडा र आयुष बडोनीले अर्धशतकीय पारी खेले पनि २० ओभरमा ६ विकेट गुमाएर १५८ रन भन्दा जोड्न सकेन ।  

लखनउका कप्तान केएल राहुल रोयल डक भए भने अर्का ओपनर क्वीन्टन डि ककले पनि सात रन भन्दा जोड्न सकेनन् । तेश्रो नम्बरमा आएका एविन लुइस १० तथा मनिष पाण्डे ६ रनमा आउट हुँदा लखनउ पाँचौ ओभरमा २९ रनमा चार विकेटको अवस्थामा खुम्चिन पुग्यो ।

पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका हूडा र छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बडोनीले अर्धशतकीय पारी खेल्दै लखनउको पारी सम्हाले । समान ४१ बल खेलेका हूडाबडोनीले क्रमश ५५ र ५४ रन प्रहार गर्दै पाँचौं विकेटका लागि ८७ रन जोड्दै लखनउको तीन अंकको योगफल कटाउन सफल रहे । त्यस बाहेक कुर्नालले १३ बलमा २१ रन जोड्दा लखनउले चुनौतिपूर्ण योगफल सम्म बनाउन सक्यो ।

गुजरातको जितमा नायक बनेका तीब्र गतिका बलर मोहम्मद शामीले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने निकै महँगो साबित भएका वरुण आरोनले ४५ रन दिएर दुई विकेट आफ्नो नाममा दर्ता गरए । खेलको प्लेयर अफ द म्याच घोषित शामीले सुरुवाती पाँच ओभर भित्र नै राहुल, डि कक र पाण्डेको विकेट लिँदै लखनउको जितको आधार बनाएका हुन् ।     

 

Click to comment

Trending