Headline

नेपालले पिएनजीलाई दियो पहाड जत्रो लक्ष्य 

Published

on

नेपालले त्रिकोणात्मक शृंखला अन्तर्गतको पहिलो खेलमा पपुवा न्यु गिनीलाई १८४ रनको विशाल लक्ष्य दिएको छ ।

मध्यक्रममा २९ रनको अन्तरालमा पाँच विकेट गुमाउँदा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै नौ विकेटको नोक्सानीमा १८३ रन बनायो । 

नेपालको तर्फबाट ओपनर आसिफ शेखले सर्वाधिक ४३ रन बनाए भने रोहित कुमार पौडेलले ३४ तथा अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । 

आक्रामक ब्याटिङ गर्दै ११ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका कुशल दुर्भाग्यपूर्ण रन आउट हुन पुग्दा तेश्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालको लागि आसिफ र रोहितले दोश्रो विकेटका लागि नौ ओभरमा ८० रनको साझेदारी गरे । चार रनको अन्तरालमा आसिफ र रोहित आउट भए ।

दिपेन्द्र सिंह ऐरी चार, कुशल मल्ल ११, लोकेश बम पाँच, करण केसी सात बलमा १४ रनमा आउट भए भने अन्तिम ओभरमा आउट भएका आरिफ शेखले २२ बलमा तीन चौका र दुई छक्का सहित ३१ रनको पारी खेले ।

पिएनजीका चाद सोपर, चार्ल्स अमिनी र आलेइ नाओले समान २-२ विकेट हात पारे । 

 

Click to comment

Trending