Headline

भारतको विश्वकप सेमिफाइनलको सपना चकनाचुर, भारतले हार्दा वेस्ट इन्डिजको भाग्य चम्कियो 

Published

on

समुह चरणको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित हुँदा भारतको न्युजिल्यान्डमा जारी महिला विश्वकपको सेमिफाइनल खेल्ने सपना चकनाचुर भएको छ । भारत पराजित हुँदा वेस्ट इन्डिजले सेमिफाइनलको टिकट काट्न सफल भएको छ ।   

६ खेलमा ६ अंक रहेको भारतले आजको खेलमा जित निकाल्न सकेको भए सेमिफाइनलमा स्थान पक्का गर्ने थियो । भारतले खेलमा हार व्यहोर्दा सेमिफाइनलको आशा मात्र समाप्त भएन वेस्ट इन्डिजले पनि सात अंक सहित सेमिमा प्रवेस पायो ।

दक्षिण अफ्रिकाले अब फाइनल प्रवेशका लागि आगामी बिहीबार साबिक विजेता इंग्ल्यान्डको सामना गर्नेछ भने बुधबार हुने पहिलो सेमिफाइनलमा अपराजित अष्ट्रेलियाले वेस्ट इन्डिजसँग खेल्ने छ ।  

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभर खेल्दै सात विकेट गुमाएर २७४ रनको चुनौतिपूर्ण योगफल बनायो भने जबाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले आफ्नो पारीको अन्तिम बलमा सात विकेट गुमाएर जित हात पार्यो ।

दक्षिण अफ्रिकाको जितमा ओपनर लारा वुलफार्टले ७९ बलमा सर्वाधिक ८० रन बनाइन् भने खेलको प्लेयर अफ द म्याच घोषित मिनान डुप्रीले अविजित रहँदै ५२ रनको पारी खेलिन् । त्यस बाहेक लारा गुडलले ४९ तथा मरिजान कापले ३२ रनको योगदान दिए ।

भारतका राजेश्वरी गायकवाडहरमनप्रित कौरले समान २-२ विकेट हात पार्दा अन्य बलर विकेट बिहिन रहँदा भारतको सेमिफाइनल खेल्ने सपना चकनाचुर भएको छ ।

यस अघि भारतको तर्फबाट ओपनरद्वय स्मृति मन्धना र शेफाली वर्मा तथा कप्तान मिताली राजले अर्धशतकीय पारी खेल्दा भारतले चुनौतिपूर्ण योगफल बनाउन सफल भएको थियो ।

भारतको तर्फबाट सर्वाधिक रन बटुलेकी स्मृति र शेफालीले पहिलो विकेटका लागि ९१ रन जोड्दै निकै राम्रो सुरुवात दिलाए । शेफालीको विकेटको पतन पछि क्रिजमा आएकी यास्तिका भाटिया पनि दुई रन जोड्दै आउट भए पनि स्मृतिले कप्तान मितालीसँग ८० रन जोड्दै भारतलाई ठुलो स्कोर बनाउने आधार तय गराइन् ।

कप्तान मितालीले ६८ रन जोड्दै आउट हुँदा अर्धशतक बनाउनबाट दुई रनले चुकेकी हरमनप्रित भारतको पारीको अन्तिम ओभरको तेश्रो बलमा आउट हुन पुगिन् ।              

आक्रामक सुरुवात गरेको भारतलाई ठुलो स्कोर बनाउनबाट रोक्ने क्रममा शबनिम इस्माइलले १० ओभरमा ४२ रन तथा मासाबाटा क्लासले ३८ रन दिएर समान २-२ विकेट हात पारे ।

 

Click to comment

Trending