Headline

डिफेन्डिङ च्याम्पियन चेन्नाई पहिलो खेलमा नै हार्यो

Published

on

डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सले १५ औँ संस्करणको आफ्नो पहिलो खेलमा हार व्यहोरेको छ । श्रेयस ऐयरको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्सले यस सिजनको पहिलो खेलमा नै चेन्नाई माथि ६ विकेटको जित दर्ता गर्दै दुई अंक जोड्न सफल भएको छ ।

जितका लागि १३२ रनको झिनो लक्ष्य कोलकाताले १८ दशमलब तीन ओभर खेल्दै चार विकेट गुमाएर जित दर्ता गर्यो ।

कोलकाताको जितमा ओपनर अजिंक्य रहाणेले सर्वाधिक ४४, साम बिलिंग्सले २५ तथा कप्तान श्रेयस ऐयरले अविजित २० रन बनाए भने नितिश राणाले २१ तथा अर्का ओपनर वेंकटेश ऐयरले १६ रनको पारी खेले ।

चेन्नाईका ड्वेन ब्राभोले चार ओभरमा २० रन दिएर सर्वाधिक तीन विकेट लिए पनि कोलकातालाई जित हात पार्नबाट बञ्चित गर्न सकेन ।   

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले खराब सुरुवात गरे पनि पुर्व कप्तान महेन्द्र सिंह धोनीको अर्धशतकमा पुरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १३१ रन सानो योगफल मात्र बनाउन सक्यो ।

११ ओभर भित्र पाँच विकेट गुमाइ ६१ रन मात्र जोड्न सकेको चेन्नाईको लागि कप्तान रविन्द्र जडेजा र धोनीले छैटौँ विकेटका लागि अविजित ७० रनको साझेदारी गर्दै सानो योगफलमा रोकिनबाट जोगाए । चेन्नाईको लागि सर्वाधिक रन जोडेका धोनीले ३८ बल खेल्दै सात चौका र एक छक्का सहित अविजित ५० रन बनाए भने जडेजाले २८ बलमा अविजित २६ रनको पारी खेले ।

त्यस बाहेक रविन उथप्पाले २८ तथा अम्बाती रायुडूले १५ रन बनाए भने ओपनरद्वय रुतुराज गायकवाडडेवन कन्वे क्रमश शुन्य र तीन रनमा आउट हुँदा शिवम दुबेले पनि तीन रन भन्दा बनाउन सकेनन् ।

 चेन्नाईलाई सानो स्कोरमा रोक्ने क्रममा खेलको म्यान अफ द म्याच घोषित उमेश यादवले चार ओभरमा २० रन खर्चिएर सर्वाधिक दुई विकेट लिए भने वरुण चक्रवर्ती र आन्द्रे रसेलले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए । सुनिल नारायणले विकेट हात पार्न नसके पनि चार ओभरमा १५ रन मात्र दिए ।  

 

Click to comment

Trending