Headline

रोहित पौडेलले शतक प्रहार गरे पनि नेपालले हार्यो

Published

on

मध्यक्रमका ब्याटर रोहित कुमार पौडेलले किर्तिमानी शतकीय पारी खेले पनि नेपालले पपुवा न्यु गिनी विरुद्धको पहिलो एकदिवसीय खेलमा ६ रनको हारको सामना गरेको छ । 

पिएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो । 

नेपालको तर्फबाट पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका रोहित कुमार पौडेलले टेम्बा भनुवाको बलमा चार्ल्स अमिनीको बलमा उत्कृष्ट क्याच आउट हुनु अघि १०७ बलको सामना गर्दै सात चौका र चार छक्काको मद्दतमा सर्वाधिक १२६ रन बनाए । 

रोहितको यो एकदिवसीयमा पहिलो शतक हो भने नेपालको तर्फबाट दोश्रो शतक हो । त्यस्तै रोहितले कप्तान पारसले बनाएको ११५ रनको स्कोरलाई पछि पार्दै नेपालको तर्फबाट सर्वाधिक रन बनाउने किर्तिमान पनि राखे । पारसले सन् २०१९ मा युएई भ्रमणका क्रममा शतक प्रहार गर्दा नेपालको लागि पहिलो शतक बनाउने क्रितिमान बनाएका थिए ।      

ओपनरद्वय कुशल भुर्तेल ३२, अनिल साह ६, आजको खेलमा नेपालको लागि डेब्यु गरेका यु१९ टोलीका कप्तान देव खनाल शुन्य तथा दिपेन्द्र ऐरी १५ रनमा आउट हुँदा नेपालले खराब सुरुवात गर्न पुग्यो । रोहित र ६४ बलमा ३४ रन बनाएका १०४ रनको साझेदारी गर्दै नेपाललाई सम्हाले । एक छोडबाट रोहितले रन बनाए पनि अर्को छोडबाट विकेट गुमाउँदा नेपालले खेलमा हारको सामना गर्न पुग्यो ।

तिब्र गतिका बलरद्वय सोमपाल कामी र कमल सिंह ऐरीले अविजित रहँदै समान १८-१८ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

पिएनजीका नोर्मन भनुवाले सर्वाधिक तीन तथा चार्ल्स अमिनी र असद भालाले समान २-२ विकेट हात पारे ।       

यस अघि बलरहरु जम्न नसक्दा त्रिवि क्रिकेट मैदानमा टस हारी पहिलो ब्याटिँग गरेको पिएनजीले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९२ रन बनायो । पिएनजीलाई भाग्यले साथ दिएपछि पहिलो विकेट २१ रनमै गुमाए पनि उसले ठूलो योगफल खडा गर्न सफल भयो ।

ओपनर टोनी उरा (३८) र कप्तान असद भालाले छरितो रुपमा रन बटुल्दै दोश्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । भालालले त्यसपछि चाल्र्स अमिनीसँग अर्को ७५ रन जोडेका थिए ।

दिपेन्द्र सिँह ऐरिको बलमा बोल्ड हुनु अघि भालाले ५५ बलमा ११ चौकाको मद्दतमा ६० रन बनाए । नेपालले एक रनकै अन्तरमा पिएनजीको दुई विकेट लिएपनि अमिनीले राइली हेकुरे (३१) सँग ६१ रन जोडेका थिए ।

अमिनीले १ सय ३ बलमा ६ चौका र एक छक्काको मद्दतमा ७७ रन बनाए । पिएनजीलाई बिशाल योगफल तर्फ धकेल्ने काम भने नर्मन भनुवाले गरे । मात्र २८ बलको सामना गरेका भनुवाले चार चौका र तीन छक्काको सहयोगमा ४७ रन बनाए ।

नेपालका लागि सबैभन्दा सफल बलर दिपेन्द्र रहे । उनले १० ओभरमा मात्र ३१ रन दिएर २ विकेट लिए । सोमपाल कामी र कमल सिँह ऐरिले पनि २–२ विकेट लिएका थिए । निकै महँगो साबित भएका सोमपालले ९ ओभरमा ८१ रन दिएका थिए ।

 

Click to comment

Trending