Headline

पपुवा न्युगिनीले नेपाललाई दियो पहाड जस्तो लक्ष्य

Published

on

बलरहरु जम्न नसक्दा नेपाललाई पपुवा न्युगिनी (पिएनजी) ले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा जितका लागि २ सय ९३ रनको बिशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारी पहिलो ब्याटिँग गरेको पिएनजीले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९२ रन बनायो । पिएनजीलाई भाग्यले साथ दिएपछि पहिलो विकेट २१ रनमै गुमाएपनि उसले ठूलो योगफल खडा गर्न सफल भयो ।

नेपालले जित हात पार्नका लागि एकदिवसीय इतिहासमै आफ्नो सबैभन्दा उच्च योगफल खडा गर्नुपर्नेछ ।

ओपनर टोनी उरा (३८) र कप्तान असद भालाले छरितो रुपमा रन बटुल्दै दोश्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । भालालले त्यसपछि चाल्र्स अमिनीसँग अर्को ७५ रन जोडेका थिए ।

दिपेन्द्र सिँह ऐरिको बलमा बोल्ड हुनु अघि भालाले ५५ बलमा ११ चौकाको मद्दतमा ६० रन बनाए । नेपालले एक रनकै अन्तरमा पिएनजीको दुई विकेट लिएपनि अमिनीले राइली हेकुरे (३१) सँग ६१ रन जोडेका थिए ।

अमिनीले १ सय ३ बलमा ६ चौका र एक छक्काको मद्दतमा ७७ रन बनाए । पिएनजीलाई बिशाल योगफल तर्फ धकेल्ने काम भने नर्मन भनुवाले गरे । मात्र २८ बलको सामना गरेका भनुवाले चार चौका र तीन छक्काको सहयोगमा ४७ रन बनाए ।

नेपालका लागि सबैभन्दा सफल बलर दिपेन्द्र रहे । उनले १० ओभरमा मात्र ३१ रन दिएर २ विकेट लिए । सोमपाल कामी र कमल सिँह ऐरिले पनि २–२ विकेट लिएका थिए । निकै महँगो साबित भएका सोमपालले ९ ओभरमा ८१ रन दिएका थिए ।

Click to comment

Trending