Headline

नाटकीय जितपछि जापान बिश्वकपका लागि छानियो

Published

on

सब्स्टिच्युट खेलाडी काओरु मितोमाले अन्तिम समयमा दुई गोल गरेपछि जापान अष्ट्रेलियालाई २–० ले पराजित गर्दै कतार बिश्वकपका लागि छनोट भएको छ ।

सिड्नीमा जापान बिजयी भएपछि एसिया छनोटको समुह बी बाट साउदी अरेबिया पनि बिश्वकपको टिकट काट्न सफल भएको छ । अंक तालिकामा जापान २१ अंक सहित शिर्ष स्थानमा रहेको छ भने साउदी अरेबियाको २० अंक छ । ५ अंक पछाडी रहेको अष्ट्रेलियाले अब बिश्वकपका लागि प्लेअफको सहारा लिनु पर्ने भएको छ ।

अष्ट्रेलिया लगातार पाचौं पटक बिश्वकप खेल्ने आशामा रहेको छ । प्लेअफमा समुह ए को तेश्रो स्थानमा रहने टोलीसँग अष्ट्रेलियाले बिश्वकपको लागि आशा जिवितै राख्नका लागि खेल्नेछ । दुई खेल बाकीँ रहेको स्थितिमा युएई समुह ए को तेश्रो स्थानमा रहेको छ ।

युएईको १० अंक छ भने लेबनान र इराकको समान ६ अंक छ । सिरियाको ५ अंक छ । दुई तेश्रो स्थानका टिमको खेलको बिजेताले प्लेअफमा दक्षिण अमेरिकी छनोटको पाचौं स्थानमा रहने टोलीले बिश्वकपका लागि खेल्नेछ ।

जापानलाई बिश्वकप पुग्नका लागि अष्ट्रेलियालाई उसकै घरमा २४ बर्षपछि पराजित गर्नु पर्ने आवश्यकता रहेको थियो । कोभिड १९ संक्रमणले प्रभावित घरेलु टोलीबिरुद्ध खेल बराबरीतर्फ धकेलिदै गर्दा मितोमाले ९० औं मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफमा ताकुमी मिनामिनोले दुई पटक क्रसबारमा प्रहार गरेका थिए भने अर्को प्रहारलाई ट्रेन्ट सेन्सबरीले गोललाइनबाटै क्लियर गरिदिएका थिए । ९५ औं मिनेटमा मितोमाले थकित देखिएको अष्ट्रेलियन डिफेन्सको फाइदा उठाउदै बिजयी गोल गरेका थिए ।

Click to comment

Trending