Headline

नेपाल थाइल्याण्डसँग पराजित 

Published

on

नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । नेपाल थाइल्याण्डसँग २-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपालले खेलको अन्तिम १० मिनेट सम्हालिन नसक्दा हारको सामना गर्न बाध्य भयो । खेलमा थाइल्याण्डले नै राम्रो पकड बनाए पनि नेपाली डिफेन्स र गोलकिपर किरण चेम्जोङको उत्कृष्ट बचाउ गर्दा नेपालको फराकिलो हार टारेका थिए ।

थाइल्याण्डले पहिलो गोल ८२ औँ र दोश्रो गोल खेल सकिन एक मिनेट बाँकी रहँदा दोश्रो गोल गरेको हो । थाइल्याण्डको लागि पहिलो गोल फिलिप रोलर र दोश्रो गोल चओवात विराचार्टले गरेका थिए । 

 

Click to comment

Trending