Headline

नेपाल आज थाइल्याण्डसँग भिड्दै 

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रिपूर्ण खेलमा आज घरेलु टोली थाइल्याण्डसँग भिड्दै छ । चोनबुरीमा हुने खेल नेपाली समय समय अनुसार ५:४५ बजे सुरु हुनेछ ।

एएफसी एसिया कप छनोटको तयारीमा रहेको नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि थाइल्याण्डको भ्रमण गरेको हो । नेपालले आज थाईल्याण्ड र तीन दिन पछि चोनबुरी क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

नेपाल तीन दशक पछि थाइल्याण्ड विरुद्ध मैदानमा उत्रन लागेको हो । नेपालले यस अघि सन् १९८७ मा ओलम्पिक छनोट अन्तर्गत थाइल्याण्डसँग दुई खेल खेल्दा क्रमश ३-०२-१ गोल अन्तरले पराजित भएको थियो ।  

थाइल्याण्ड पनि इन्डोनेसिया र जोर्डन जत्तिकै बलियो टोली रहेकाले गर्दा मैत्रीपूर्ण खेल खेल्न लागिएको नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्याण्ड उड्नु अघि बताएका थिए । त्यस्तै उनले बलियो टोली भने पनि थाइल्याण्डसँग जितका लागि खेल्ने अलमुताइरीले हिजो आयोजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा पनि बताएका थिए । 

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रका खेलाडी विना मैत्रिपूर्ण खेलका लागि टोली बनाएका थिए ।  मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध घरेलु मैदानमा अप्रिल ५ मा प्रतिस्पर्धा गर्दैछ । ब्लु स्टारविरुद्धको खेलमा मच्छिन्द्रले सुखद नतिजा निकाले मच्छिन्द्रले अप्रिल १२ मा भारतको मोहन बगान विरुद्ध खेल्ने तालिका छ । समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगान विरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ ।

एएफपसी छनोटमा नेपाल  समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन र खेल कुवेतमा हुनेछन् । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् । 

 

Click to comment

Trending