Headline

धोनीले छाडे चेन्नाईको कप्तानी

Published

on

महेन्द्र सिंह धोनीले चेन्नाई सुपर किंग्सको कप्तानी छाडेका छन् । अर्को हप्ताबाट सुरु हुन लागेको इन्डियन प्रिमियर लिग (आईपीएल) अघि धोनीले कप्तानी छाड्ने निर्णय लिएका हुन् ।  

सन् २००८ देखि चेन्नाईको कप्तानी सम्हाल्दै आएका धोनीको आग्रहमा नै रविन्द्र जडेजालाई कप्तानीको जिम्मेवारी दिइएको चेन्नाईले आफ्नो वेबसाइटमा लेखेको छ । त्यस्तै चेन्नाईले धोनी कप्तानी छाडे पनि यस सिजन मात्र नभएर आगामी सिजनहरुमा पनि फ्रेन्चाइजसँग नै जोडिने पनि जनाएको छ ।

चेन्नाईका प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथनले धोनीले नै कप्तानीको जिम्मेवारी नयाँलाई दिन पर्ने भन्दै आफू पछि हटेको जनाए । उनले नै कप्तानीको लागि जडेजा उपयुक्त हुने भने पछि जडेजालाई कप्तान नियुक्त गरेको हो । जडेजा अहिले उत्कृष्ट फर्ममा रहेको र यसै समयमा उनले  चेन्नाईको नेतृत्व लिनु उपयुक्त हुने धोनीको बुझाई रहेको पनि विश्वनाथनले बताए ।

जडेजा चेन्नाईको कप्तानी सम्हाल्ने तेश्रो खेलाडी हुन् । यस अघि धोनी बाहेक सुरेश रैनाले पनि चेन्नाईको कप्तानी गरिसकेका छन् ।    

गएको संस्करणको उपाधि जित्दै चौथो पटक आईपीएल विजेता बनेको चेन्नाईले यस सिजनको पहिलो खेलमा शनिबार कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।


 

Click to comment

Trending