Headline

महिला विश्वकप : पाकिस्तान माथि सहज जित निकाल्दा इंग्ल्यान्ड सेमिफाइनल नजिक 

Published

on

पाकिस्तान माथि नौ विकेटको सहज जित निकाल्दा इंग्ल्यान्ड न्युजिल्यान्डमा जारी महिला विश्वकपको सेमिफाइनल नजिक पुगेको छ ।

६ खेल खेलेको इंग्ल्यान्ड तीन जीत र तीन हार सहित ६ अंक बटुलेको इंग्ल्यान्ड आजको जित पछि अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस अघि अष्ट्रेलिया र दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेकाले गर्दा अब वेस्ट इन्डिज, इंग्ल्यान्ड र भारत मध्य दुई मात्र अन्तिम चारको लागि छनोट हुनेछन् ।

वेस्ट इन्डिजले सात खेलमा सात अंक बटुलेको छ । अब आफ्नो अन्तिम खेलमा इंग्ल्यान्ड र भारत विजयी भएको खण्डमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिज समुह चरणबाट नै बाहिरिने छ भने दुई मध्य एकले हारको सामना गरेको खण्डमा वेस्ट इन्डिजको भाग्य चम्किने छ ।

 इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि आफ्नो सातौँ तथा अन्तिम खेलमा आइतबार बंगलादेशको सामना गर्नेछ । बंगलादेशले जारी विश्वकपमा पाँच खेल खेल्दा पाकिस्तानलाई मात्र पराजित गर्न सकेको छ भने दुई अंकका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ ।  

आजको खेलमा टस जितेर पहिले बलिङ गर्दै इंग्ल्यान्डले पाकिस्तानलाई ४१ दशमलब तीन ओभरमा १०५ रनमा रोक्यो भने १९ दशमलब दुई ओभर खेल्दै एक विकेट गुमाएर लक्ष्य पार गर्यो ।

पाकिस्तानलाई सानो योगफलमा समेट्ने क्रममा इंग्ल्यान्डका केथरिन ब्रंटसेफी एकलस्टनले समान ३-३ विकेट हात पारे भने केट क्रस र हेदर नाइटले पनि समान  १-१ विकेट आफ्नो नाममा दर्ता गराए । ब्रंटले आठ ओभरमा दुई मेडन सहित १७ रन खर्चदा एकलस्टनले आठ दशमलब तीन ओभरमा एक मेडन ओभर सहित १८ रन खर्चिइन् ।

ओपनर टमी बोमन्ट दुई रन बनाएर पेभेलियन फर्किए पनि अर्की ओपनर तथा खेलको प्लेयर अफ द म्याच घोषित ड्यानी वायटले ६८ बल खेल्दै ११ चौकाका साथ अविजित ७६ रन बनाइन् भने कप्तान हेदर नाइटले पनि अविजित २४ रनको पारी खेलिन् ।      


 

Click to comment

Trending