Headline

महिला विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा, वेस्ट इन्डिज पहिलो चरणबाट नै बाहिरिने खतरामा 

Published

on

वेस्ट इन्डिज विरुद्धको खेलमा वर्षा बाधक बन्दा दक्षिण अफ्रिका न्युजिल्यान्डमा जारी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि अष्ट्रेलिया पहिले नै सेमिफाइनलमा प्रवेश गरेको थियो भने दक्षिण अफ्रिका सेमिमा पुग्ने दोश्रो टोली बन्न सफल भएको छ ।

आजको खेलमा दक्षिण अफ्रिकाले १० दशमलब पाँच ओभर खेल्दै चार विकेटको नोक्सानीमा ६१ रन बनाएको अवस्थामा लगातार वर्षा हुँदा बाँकी खेल सम्भव भएन र दुबै टोलीले १-१ अंक बाढ्न बाध्य भए । 

आजको खेलमा अंक बाढे पछि वेस्ट इन्डिजलाई भने सेमिफाइनलको यात्रा कठिन बनेको छ । सात खेल खेलेको वेस्ट इन्डिजको सात अंक छ र उ अंक तालिकाको तेश्रो स्थानमा रहेको छ । वेस्ट इन्डिजले अब सेमिमा स्थान बनाउन भारतले बाँकी रहेको आफ्नो एक मात्र खेल अथवा इंग्ल्यान्डले बाँकी दुई मध्य एकमा हार ब्यहोर्नु पर्ने हुन्छ । भारतले बाँकी एक खेलमा र इंग्ल्यान्डले बाँकी दुई खेलमा जित निकाल्न सकेको खण्डमा वेस्ट इन्डिजको सेमिफाइनलको सपना चकनाचुर हुन्छ ।

६ खेल मध्य ६ वटामा नै जित निकालेको अष्ट्रेलिया १२ अंक सहित पहिलो स्थानमा छ भने ६ खेल नै खेलेको दक्षिण अफ्रिकाको नौ अंक रहेको छ । ६ खेल खेलेको भारत तीन जित सहित अंक तालिकाको चौथो स्थानमा रहँदा पाँच खेलमा ४ अंक रहेको इंग्ल्यान्ड पाँचौं स्थानमा रहेको छ ।                 

Click to comment

Trending