Headline

युनाइटेडका गोलकिपरको २३ वर्षको उमेरमा नै सन्यास

Published

on

म्यानचेस्टर युनाइटेडका अण्डर–२३ टोलीका गोल किपर पउल उलस्टनले २३ वर्षको उमेरमा नै सन्यास घोषणा गर्न बाध्य भएका छन् । चोटका कारण लामो समय मैदान बाहिर रहन पर्ने भए पछि उनले सन्यासको घोषणा गरेको क्लबले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

उनले गत वर्ष मार्च र अप्रिलमा दुई पटक शल्यक्रिया गरेका थिए । तर उनको चोट निको हुन नसकेको र अझै समय लाग्ने भए पछि सन्यास लिन लागेका हुन् । सन् २०१८ मा फ्रि एजेन्टका रुपमा युनाइटेडमा आबद्ध भएका उनले प्रिमियर लिग टु मा क्लबका लागि १९ खेल खेलेका थिए ।

युनाइटेडले उलस्टन के कस्तो चोटका कारण सन्यास लिन बाध्य भएका हुन् भन्ने बारेमा खुलासा नगरेको भए पनि बिभिन्न सञ्चारमाध्यमहरूका अनुसार उनले हिप (कम्मर भन्दा तलको भाग) मा चोट बोकेका हुन् ।

“२३ वर्षको उमेरमा नै सन्यास घोषणा गर्न सहज पक्कै थिएन । यो निकै कठिन निर्णय हो । तर पनि म राम्रो भएको भन्नेमा आशावादी रहेको छु,” सन्यासको बारेमा बोल्दै उलस्टनले भने । 

“मैले मेरो छोटो खेल जीवनमा जे जति उपलब्धि हासिल गरे त्यसमा म निकै खुशी छु  । यस स्तरमा खेल्ने धेरैको सपना सपनामा मात्रै सीमित हुन्छ । तर मैले यस स्तरमा खेल्ने अवसर पाए । यो भन्दा माथि अर्थात् म्यानचेस्टरको पहिलो टोलीबाट नै खेल्ने अवसर पाएको भए मेरा लागि त्यो निकै ठुलो उपलब्धि र सम्मानको विषय हुने थियो ।”

उलस्टनले आफ्नो खेल जीवनको सुरुवात सन्डरल्याण्डबाट १० वर्षको उमेरमा गरेका थिए । सन् २०१५ मा न्युकासल युनाइटेडमा आबद्ध भएका उनले तीन वर्ष क्लबमा बिताए पछि म्यानचेस्टर युनाइटेडगएका थिए ।

त्यस बाहेक उनले इंग्ल्यान्डको अण्डर–१७ र अण्डर–१८ टोलीमा रहेका उनले अण्डर–१७ विश्वकप र अण्डर–१७ युरोपियन च्याम्पियनसिपमा पनि सहभागिता जनाएका थिए ।

उलस्टनले सन्यासको घोषणा गरे पछि क्लबका मुख्य गोलकिपर डेविड डि जियाले दुख व्यक्त गरेका छन् । 

“मैले उनीसँग अभ्यास गरेको छु । उनको बायाँ खुट्टा निकै बलियो छ । उनले छिटै सन्यासको घोषणा गर्न परेकोमा म निकै दुखी छु । यो उनी र क्लब दुवैको लागि घाटा हो,” डि जियाले भने । “सबैभन्दा पहिलो र महत्वपूर्ण विषय भनेको आफ्नो स्वास्थ्य हो । आशा छ उनले फुटबल खेल्न छाडे पनि जीवनमा राम्रो प्रगति गर्नेछन् ।  ”  

 

Click to comment

Trending