Headline

मेस्सीलाई पछि पार्दै नेमार सर्वाधिक कमाई गर्ने फुटबलर, एम्बाप्पे तेश्रोमा

Published

on

आफ्नै क्लबका लियोनल मेस्सीलाई पछि पार्दै पिएसजीका नेमार फ्रेन्च लिग वानमा सर्वाधिक कमाउने फुटबलको शीर्ष स्थानमा यथावत रहेका छन् ।    

फ्रान्सको पत्रिका लेकिपले वर्षभर खेलाडीहरुले लिने मासिक तलबका आधारमा निकालेको पछिल्लो तथ्यांक अनुसार यसै वर्ष बार्सिलोना छाड्दै पिएसजीमा आबद्ध भएका मेस्सीले भन्दा नेमारले धेरै कमाई गर्ने गरेको जनाएको छ । 

फ्रि एजेन्टका रुपमा पिएसजी आएका ३४ वर्षीय मेस्सीको तलब वार्षिक ३४ मिलियन पाउण्ड रहेको छ । सन् २०१७ मा १९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पिएसजी आएका नेमारले मासिक तीन दशमलब चार मिलियन तलब थाप्छन् र वार्षिक हिसाब गर्दा करिब ४१ मिलियन पाउण्ड हुन जान्छ । यस हिसाबले पनि मेस्सीले भन्दा नेयमारले करिब सात मिलियन पाउण्ड बढी तलब फ्रेन्च क्लबबाट बुझ्ने गर्दछन् ।

पिएसजीका अर्का स्टार किलियन एम्बाप्पेले भने वार्षिक २२ मिलियन पाउण्ड मात्र बुझ्दछन् । पिएसजीले तलबमा भारी बृद्दी गर्ने भन्दै क्लबमा नै बस्नका लागि हर सम्भव प्रयास गरेको भए पनि २३ वर्षीय एम्बाप्पे फ्रि एजेन्टका रुपमा स्पेनिस क्लब रियल म्याड्रिड जाने मनस्थितिमा रहेका छन् ।

लिग वानको अंक तालिकामा दोश्रो स्थानको मार्से भन्दा अघि रहेको पिएसजीका १४ खेलाडी फ्रान्समा सर्वाधिक तलब खाने खेलाडीको सुचीमा रहेका छन् । त्यस्तै २० औँ स्थान सम्म १८ जना पिएसजीका खेलाडी रहँदा दुई जना मात्र मोनाकोका खेलाडी रहेका छन् । यसै सिजन रियल म्याड्रिडबाट पिएसजी आएका सर्जियो रामोस भने यो सूचीको १० स्थान भित्र पनि अटाउन सकेका छैनन् । वार्षिक सात दशमलब नौ पाउण्ड सहित उनी १२ औँ स्थानमा रहेका छन् ।   

लिग वानमा धेरै तलब खाने २० खेलाडीको सूची 

क्र.सं. नाम                                                       क्लब                  वार्षिक तलब 
१.  नेयमार  पिएसजी  ४०.८ मिलियन पाउण्ड 
२.  लियोनेल मेस्सी  पिएसजी  ३३.७ मिलियन पाउण्ड 
3.  किलियन एम्बाप्पे  पिएसजी  २२.२ मिलियन पाउण्ड 
४.  मार्किनहोस् पिएसजी  १२ मिलियन पाउण्ड 
५.  मार्को भेराट्टी  पिएसजी  १२ मिलियन पाउण्ड 
६.  असरफ हकिमी    पिएसजी  १०.८ मिलियन पाउण्ड 
७.  केयलोर नवास  पिएसजी  १० मिलियन पाउण्ड 
८.  एन्जेल डि मारिया  पिएसजी  ९.५ मिलियन पाउण्ड 
९.  जर्जिनो विजनाल्डम  पिएसजी  ९.१ मिलियन पाउण्ड 
१०.  जियानलुगी डोन्नारुम्मा  पिएसजी  ९.१ मिलियन पाउण्ड 
११.  माउरो इकार्डी  पिएसजी  ८ मिलियन पाउण्ड 
१२.  सर्जियो रामोस  पिएसजी  ७.९ मिलियन पाउण्ड 
१३.  लियान्द्रो पेरेडेज   पिएसजी  ७.५ मिलियन पाउण्ड 
१४.  युआन बर्नाट  पिएसजी  ७.३ मिलियन पाउण्ड 
१५.  विसाम बेन येडर  मोनाको  ६.५ मिलियन पाउण्ड 
१६.  एन्डर हरेरा  पिएसजी  ६.५ मिलियन पाउण्ड 
१७.  प्रेसनेल किम्पेम्बे  पिएसजी  ६.४ मिलियन पाउण्ड 
१८.  सेस फेब्रिगास  मोनाको  ६ मिलियन पाउण्ड 
१९.  जुलियन ड्राक्सलर  पिएसजी  ५.६ मिलियन पाउण्ड 
२०.  लेविन कुर्जावा  पिएसजी  ५ मिलियन पाउण्ड 

  

Click to comment

Trending