Headline

सान्त्वना जितको खोजीमा नेपाल 

Published

on

भारतमा जारी साफ यु१८ महिला च्याम्पियनसिपको समुह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । जम्सेदपुरमा हुने खेल नेपाली समय अनुसार साँझ ७:१७ बजे सुरु हुनेछ ।

यस अघि खेलेका तीनवटै खेलमा हार व्यहोरेको नेपाल आज सान्त्वना जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ । भारतसँगको पहिलो खेलमा ७-० ले पराजित भएको नेपाल दोश्रो खेलमा बंगलादेशसँग ४-२ ले स्तब्ध भएको थियो । त्यस्तै यस अघि भएको आफ्नो तेश्रो खेलमा भारतसँग ५-१ ले पराजित हुँदा फाइनलको सम्भावना समाप्त भएको थियो ।

यस अघि तीन खेल खेल्दा भारतले तीन खेलमा नै जित हात पारेको थियो र उ अंक तालिकाको पहिलो स्थानमा रहेको छ । दुई खेल खेलेको बंगलादेश भारतसँग १-० ले पराजित भएको थियो र एक जितका साथ दोश्रो स्थानमा रहेको छ । 

आजको खेलमा जित निकाल्न सके बंगलादेशले उपाधिका लागि अन्तिम खेलमा भारतसँग भिड्ने छ भने आज हारको सामना गर्न बाध्य भएमा भारत एक खेल अगावै च्याम्पियन बन्ने छ । त्यसैले पनि बंगलादेश आज नेपाल माथि फराकिलो जित निकाल्दै उपाधि जित्ने आशा कायमै राख्न चाहन्छ । अन्तिम खेलमा भारतले बंगलादेशलाई बराबरीमा रोक्न सकेको खण्डमा पनि उसले उपाधि चुम्ने छ ।      

 

 

Click to comment

Trending