Headline

नेपाली फुटबल टोली बन्यो वर्षको उत्कृष्ट टोली 

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट टोलीको उपाधि जितेको छ ।

नेपाली फुटबल टोलीले गत वर्ष घरेलु मैदानमा आयोजना भएको थ्री नेसन्स कपको उपाधि चुमेको थियो । नेपाल सहित बंगलादेश र किर्गिजस्तानको यु२३ सम्मिलित प्रतियोगिताको फाइनलमा बंगलादेशलाई पराजित गर्दै नेपालले उपाधि हात पार्न सफल भएको थियो ।

कोरोना संक्रमणका कारण ठप्प भएको नेपाली खेलकुदलाई फुटबलले नै मैत्रीपूर्ण खेल मार्फत ब्युँताएको थियो । नेपालले गत वर्ष बंगलादेशको भ्रमण गर्नुको साथै इरानको पनि भ्रमण गरेको थियो । त्यस बाहेक उसले कुवेतमा एसिया कप र विश्वकप छनोट पनि खेलेको थियो ।

हाल नेपाली टोली मैत्रीपूर्ण खेल खेल्नका लागि हिजो मात्र थाइल्याण्ड गएका कारण नेपाली टोलीका केही सदस्य मात्र अवार्डमा उपस्थित भएका थिए ।        

Click to comment

Trending