Headline

आरिफ र कुशलको अर्धशतकमा नेपालको सहज जित 

Published

on

ओपनर कुशल भुर्तेल र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेखले अर्धशतकीय पारी खेल्दा विश्वकप लिग टु अन्तर्गतको तेश्रो त्रिकोणात्मक शृंखला अन्तर्गतको अन्तिम खेलमा नेपालले पपुवा न्यु गिनी माथि सात विकेटको सहज जित हात पारेको छ ।

जितका लागि १७४ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले तीन विकेट गुमाएर ७८ बल अगावै लक्ष्य पार गर्यो ।

नेपालको जितमा अविजित रहेका आरिफले १०२ बलको सामना गर्दै चार चौकाको मद्दतमा सर्वाधिक ५९ रन बनाए भने कुशलले ६४ बल खेल्दै चार चौका र एक छक्का सहित ५० रनको पारी खेले । आरिफले एकदिवसीयमा पहिलो अर्धशतक हो भने कुशलको दोश्रो अर्धशतक हो । त्यस बाहेक रोहित कुमार पौडेलले ४८ बलमा अविजित ४४ रनको पारी खेले ।     

ओपनर आसिफ शेख दुई रन बनाएर आउट हुँदा चौथों ओभरमा नै पहिलो विकेट गुमाएको नेपालको लागि अर्का ओपनर कुशल र आरिफले दोश्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै पारी सम्हाले । 

कुशलको विकेटको पतन पछि क्रिजमा आएका दिपेन्द्र सिंह ऐरी दुई बल खेल्दै डक आउट भए पनि आरिफले रोहित पौडेलसँग चौथों विकेटका लागि ७७ रनको साझेदारी गर्दै नेपालको जित सुनिश्चित गरे । 

यस अघि खेलमा हारेर पहिले ब्याटिङ गरेको पिएनजीले पुरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर १७३ रन बनायो ।  

सुरुवात देखि नै सुस्त खेलेको पिएनजीको तर्फबाट कप्तान असद भालाले ९६ बल खेल्दै तीन चौका सहित  सर्वाधिक ४५ रनको पारी खेले । भाला बाहेक ओपनर लिगा सिकाले २०, सेसे बाउले १९, नोर्मन भानुआले १८ रनको योगदान दिए । 

त्यस बाहेक अविजित रहेका चाद सोपरकबुआ मोरेयाले क्रमश २२ र १७ रन बनाए । ४३ दशमलब चार ओभरमा १३७ रन हुँदा आठ विकेट गुमाएको पिएनजीको लागि सोपरमोरेयाले नवौ विकेटका लागि ३८ बलमा अविजित ३६ रन जोडे ।   

नेपालको तर्फबाट कप्तान सन्दिप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट हात पारे भने करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । समान १०-१० ओभर बलिङ गरेका सन्दिप र सोमपालले क्रमश २९ र ३७ रन खर्चिए भने १० ओभरमा नै आरिफले मात्र २१ रन दिए । 

 

Click to comment

Trending