Headline

नेपाललाई १७४ रनको चुनौतिपूर्ण लक्ष्य 

Published

on

विश्वकप लिग टु अन्तर्गतको तेश्रो त्रिकोणात्मक शृंखला अन्तर्गतको अन्तिम खेलमा पपुवा न्यु गिनी विरुद्ध नेपालले १७४ रनको चुनौतिपूर्ण लक्ष्य पाएको छ ।

खेलमा हारेर पहिले ब्याटिङ गरेको पिएनजीले पुरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर १७३ रन बनायो ।  

सुरुवात देखि नै सुस्त खेलेको पिएनजीको तर्फबाट कप्तान असद भालाले ९६ बल खेल्दै तीन चौका सहित  सर्वाधिक ४५ रनको पारी खेले । भाला बाहेक ओपनर लिगा सिकाले २०, सेसे बाउले १९, नोर्मन भानुआले १८ रनको योगदान दिए । 

त्यस बाहेक अविजित रहेका चाद सोपरकबुआ मोरेयाले क्रमश २२ र १७ रन बनाए । ४३ दशमलब चार ओभरमा १३७ रन हुँदा आठ विकेट गुमाएको पिएनजीको लागि सोपरमोरेयाले नवौ विकेटका लागि ३८ बलमा अविजित ३६ रन जोडे ।   

नेपालको तर्फबाट कप्तान सन्दिप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट हात पारे भने करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । समान १०-१० ओभर बलिङ गरेका सन्दिप र सोमपालले क्रमश २९ र ३७ रन खर्चिए भने १० ओभरमा नै आरिफले मात्र २१ रन दिए । 

युएईमा जारी त्रिकोणात्मक शृंखलामा तीन खेल खेलेको नेपालले एक खेलमा मात्र जित निकाल्न सकेको छ भने बाँकी दुई खेलमा लज्जास्पद हारको सामना गर्न बाध्य भएको छ । पपुवा न्यु गिनीसँगको पहिलो खेलमा दुई विकेटको सङ्घर्षपूर्ण जित निकालेको नेपाल युएईसँगका दुई खेलमा क्रमश ४८ र ९९ रनले पराजित भएको थियो ।

पिएनजीले यस अघि भएको खेलमा युएई माथि ६ विकेटको सहज जित निकाल्दा लिग टु मा पहिलो अंक जोड्न सफल भएको थियो । 

 

Click to comment

Trending