Headline

महिला विश्वकप : कप्तान लानिंगको शतकमा अष्ट्रेलियाको अपराजित यात्रा कायमै 

Published

on

कप्तान मेग लानिंगले अविजित रहँदै शतक प्रहार गर्दै अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी महिला विश्वकपमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लगातार छैटौँ जित दर्ता गराउने क्रममा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गरेको हो ।

६ खेलमा ६ जित सहित १२ अंक बटुलेको अष्ट्रेलियाले यस अघि नै सेमिफाइनलको यात्रा तय गरिसकेको थियो । पाँच खेल खेलेको दक्षिण अफ्रिकाको भने यो पहिलो हार हो । चार जित निकाल्न सफल दक्षिण अफ्रिका आठ अंक सहित अंक तालिकाको दोश्रो स्थानमा रहेको  छ । आजको खेलमा जित निकाल्न सकेको भए दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने थियो । तर अब उसले अर्को खेल सम्म कुर्न पर्ने भएको छ । 

 दक्षिण अफ्रिकाले दिएको २७२ रनको लक्ष्य अष्ट्रेलियाले पाँच विकेट गुमाएर २८ बल अगावै जित हात पार्यो ।

अष्ट्रेलियाको जितमा खेलको प्लेयर अफ द म्याच घोषित कप्तान मेग लानिंगले अविजित रहँदै १३५ रनको पारी खेलिन् । एक छोडबाट अष्ट्रेलियाले विकेट गुमाए पनि अर्को छोडबाट उनले लगातार रन जोड्दै अष्ट्रेलियाको जित सुनिश्चित गरेकी हुन् ।  तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी लानिंगले १३० बलको सामना गर्दै १५ चौका र एक छक्का प्रहार गरिन् ।

लानिंग बाहेक अष्ट्रेलियाको जितमा  तालिया मेग्राले ३२, एश्ली गार्डनर र अविजित ऐनाबेल सदरल्याण्डले समान २२-२२ तथा ओपनर रेचल हेंसले १७ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका शबनिम इस्माइलक्लोई ट्राइअनले समान २-२ विकेट हात पारे ।

यस अघि ओपनर लारा वुलफार्ट र कप्तान सुने लुसले अर्धशतकीय पारी खेल्दा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ५० ओभर खेल्दै पाँच विकेट गुमाएर २७१ रनको विशाल योगफल बनाउन सफल भयो ।

ओपनर वुलफार्टलिजेल लीले पहिलो विकेटका लागि १९ दशमलब चार ओभरमा ८८ रन जोड्दै दक्षिण अफ्रिकालाई राम्रो सुरुवात दिलाए । ३६ रन बनाएकी ली र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी लारा गुडल १५ रन बनाएर आउट भए ।

त्यस पछि क्रिजमा आएकी कप्तान लुसवुलफार्टले तेश्रो विकेटका लागि ९१ रन जोड्दै दक्षिण अफ्रिकालाई विशाल योगफल तर्फ डोर्याए । १३४ बलमा सर्वाधिक ९० रन र ५१ बलमा ५२ रनको पारी खेलेकी कप्तान लुस एक ओभरको अन्तरालमा पेभेलियन फर्किए पनि मरीजन काप र क्लोई ट्राइअनले आक्रामक पारी खेल्दै क्रमश २१ बलमा ३० रन तथा नौ बलमा १७ रनको पारी खेले ।

              

 

Click to comment

Trending