Headline

पिएनजी विरुद्ध नेपाल पहिले बलिङमा, भीम सार्कीले डेब्यु गर्दै 

Published

on

विश्वकप लिग टु अन्तर्गतको तेश्रो त्रिकोणात्मक शृंखलाको आफ्नो अन्तिम लिग खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । पपुवा न्यु गिनी विरुद्ध नेपालका कप्तान सन्दिप लामिछानेले खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।   

आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ । आसिफ शेख र भीम सार्कीले सुरुवाती ११ मा स्थान बनाउँदा मध्यक्रमका ब्याटर ज्ञानेन्द्र मल्ल र तिब्र गतिका बलर बिक्रम सोबलाई विश्राम दिइएको छ । भिम सार्कीले आजको खेलमा नेपालको लागि एकदिवसीयमा डेब्यु गरेका हुन् ।    

जारी शृंखलामा तीन खेल खेलेको नेपालले एक खेलमा मात्र जित निकाल्न सकेको छ भने बाँकी दुई खेलमा लज्जास्पद हारको सामना गर्न बाध्य भएको छ । पपुवा न्यु गिनीसँगको पहिलो खेलमा दुई विकेटको  सङ्घर्षपूर्ण जित निकालेको नेपाल युएईसँगका दुई खेलमा क्रमश ४८ र ९९ रनले पराजित भएको थियो ।

पिएनजीले यस अघि भएको खेलमा युएई माथि ६ विकेटको सहज जित निकाल्दा लिग टु मा पहिलो अंक जोड्न सफल भएको थियो । 

नेपाली टोली : सन्दिप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, भिम सार्की, रोहित कुमार पौडेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, पवन सर्राफ, बिनोद भण्डारी  


 

Click to comment

Trending