Headline

नेपाली फुटबल टोली आज थाइल्याण्ड उड्दै 

Published

on

एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्याण्डका लागि उड्दै छ । दुई मैत्रीपूर्ण खेल खेल्न जान लागेको नेपाली टोली १२:१० बजे नेपाल एयरलाइन्सबाट थाइल्याण्ड जान लागेको हो । 

नेपाली टोलीले थाइल्याण्ड भ्रमणमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ । नेपालले पहिलो खेल चैत १० गते थाइल्याण्डको राष्ट्रिय टोलीसँग खेल्ने छ भने त्यसको तीन दिन पछि चैत १३ गते चोनबुरी फुटबल क्लबसँग भिड्ने छ । दुवै मैत्रीपूर्ण खेलहरु चोनबुरीको मैदानमा हुनेछन् ।

केही अनुभवी राष्ट्रिय खेलाडी बिना तयारी गरेको नेपालले फिफा वरियतामा सुधार हुने गरी प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले हिजो अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै बताएका थिए । थाइल्याण्ड पनि इन्डोनेसिया र जोर्डन जत्तिकै बलियो टोली रहेकाले गर्दा मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड जान लागिएको उनले जनाएका थिए । त्यस्तै उनले बलियो टोली भने पनि थाइल्याण्डसँग जितका लागि खेल्ने अलमुताइरीले बताए ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रका खेलाडी विना मैत्रिपूर्ण खेलका लागि टोली बनाएका थिए ।  मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध घरेलु मैदानमा अप्रिल ५ मा प्रतिस्पर्धा गर्दैछ । ब्लु स्टारविरुद्धको खेलमा मच्छिन्द्रले सुखद नतिजा निकाले मच्छिन्द्रले अप्रिल १२ मा भारतको मोहन बगान विरुद्ध खेल्ने तालिका छ । समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगान विरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ ।

एएफपसी छनोटमा नेपाल  समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन र खेल कुवेतमा हुनेछन् । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् । 

Click to comment

Trending