Headline

नेपाललाई २०३ रनको चुनौतिपूर्ण लक्ष्य

Published

on

मध्यक्रमका ब्याटर रोहण मुस्तफाले अर्धशतकीय पारी खेले पछि विश्वकप लिग टु अन्तर्गत युएई विरुद्धको खेलमा नेपालले २०३ रनको चुनौतिपूर्ण लक्ष्य पाएको छ ।  

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २०२ रन बनायो । 

युएईको तर्फबाट मुस्तफाले ७३ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६० रन बनाए भने ओपनरद्वय मुहम्मद वासिम र चिराग सुरीले क्रमश ५१ बलमा ३३ तथा ५४ बलमा २६ रनको पारी खेले । त्यस बाहेक वृत्य अरविन्दले २४ तथा बसिल हमिदले पनि १७ रनको योगदान दिए भने आठौँ नम्बरमा ब्याटिङ गर्दै पारीको अन्तिम बलमा आउट भएका आलिशान शराफुले १३ बलमा २१ रनको आक्रामक पारी खेले । 

वासिम र सुरीले १६ ओभरमा ५७ रन जोड्दै युएईलाई राम्रो सुरुवात दिए । त्यस पछि भने नेपाली बलरहरु  हाबी हुँदा युएईले ठुलो योगफल बनाउन असमर्थ रह्यो । एक छोडबाट लगातार विकेट गुमाए पनि मुस्तफाले आजको खेलमा पनि सम्हालिएर ब्याटिङ गर्दै युएईलाई चुनौतिपूर्ण योगफल सम्म डोर्याए ।

नेपालको तर्फबाट कप्तान सन्दिप लामिछानेले सर्वाधिक तीन विकेट हात पार्दा सोमपाल कामी र करण केसीले समान २-२ विकेट तथा दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । सन्दिपले १० ओभरमा ३० रन खर्चिए भने सोमपालले १० ओभरमा नै ४४ रन दिए । त्यस्तै करणले नौ ओभरमा ३६ रन खर्चन पुगे ।

Click to comment

Trending