Headline

पाकिस्तानको पहिलो जित, साबिक विजेता आठ विकेटले पराजित 

Published

on

साबिक विजेता वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै पाकिस्तानले न्युजिल्यान्डमा जारी महिला विश्वकपमा आफ्नो पहिलो जित दर्ता गराएको छ । यस अघिका चार खेलमा पराजित पाकिस्तानले पाँचौं खेलमा आएर पहिलो अंक जोड्न सफल भएको हो ।

आजको हारले वेस्ट इन्डिजको सेमिफाइनल पुग्ने आशामा धक्का लागेको छ । ६ खेल खेलेको वेस्ट इन्डिजले समान ३-३ खेलमा जित र हारको सामना गरेको छ भने ६ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा रहेको छ । सेमिफाइनलमा प्रवेस पाउन वेस्ट इन्डिजले अन्तिम खेल जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजाले पनि फरक पर्दछ । 

वर्षाले प्रभावित भए पछि २० ओभरमा छोट्टाइएको खेलमा वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा ८९ रनको सामान्य योगफल खडा गर्यो भने जबाफी ब्याटिङ गरेको पाकिस्तानले दुई विकेट गुमाएर सात बल अगावै लक्ष्य पार गर्यो ।

पाकिस्तानको जितमा बलिङमा खेलको प्लेयर अफ द सिरिज घोषित निदा डारले चार ओभर बलिङ गर्दै १० रन खर्चिएर सर्वाधिक चार विकेट हात पारिन् । त्यस्तै ब्याटिङमा भने  ओपनर मुनिबा अलीले सर्वाधिक ३७ रन जोड्दा कप्तान बिस्माह मारुफओमाइमा सोहेलले अविजित रहँदै क्रमश २० र २२ रनको पारी खेले ।  

वेस्ट इन्डिजको लागि ओपनर डिएड्रा डोटिनले सर्वाधिक २७ तथा कप्तान स्टेफानी टेलरले १८ तथा ऐफी फ्लेचरले १२ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Click to comment

Trending