Headline

युएई विरुद्ध नेपाल पहिले बलिङ गर्दै , आज तीन परिवर्तन

Published

on

विश्वकप लिग टु अन्तर्गत आफ्नो तेश्रो त्रिकोणात्मक शृंखलाको तेश्रो खेलमा नेपालले घरेलु टोली युएई विरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा पवन सर्राफ, बिनोद भण्डारी र बिक्रम सोबलाई सुरुवाती ११ मा राख्दा सागर ढकाल, कमल सिंह ऐरी र आसिफ शेखलाई बेञ्चमा राखेको छ ।    

नेपाल र युएई यस अघि पाँच खेलमा एक आपसमा भिड्दा युएईले तीन खेलमा जित हात पार्दा नेपालले दुई खेल मात्र आफ्नो पक्षमा पार्न सफल भएको छ । 

जारी शृंखलामा दुई खेल खेलेको नेपालले एक खेलमा जित निकाल्दा अर्को खेलमा भने हारको सामना गरेको छ । आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनी माथि दुई विकेटको सङ्घर्षपूर्ण जित निकालेको नेपालले दोश्रो खेलमा भने युएईसँग ४८ रनको लज्जास्पद हारको सामना गरेको थियो । युएईलाई मात्र १६८ रनमा रोकेको नेपालले ३५ दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १२० रन मात्र जोड्न सक्यो ।

लिग टुको अंक तालिकामा युएई २० अंकका साथ दोश्रो स्थानमा छ भने नेपाल १० अंकका साथ छैटौँ स्थानमा छ । १५ खेलमा एक जित सहित मात्र दुई अंक जोडेको पपुवा न्यु गिनी भने सातौँ तथा अन्तिम स्थानमा रहेको छ । नेपालले १० खेल खेल्दा पाँच खेलमा जित निकाल्नुको साथै पाँचै खेलमा हारको सामना गरेको छ । युएईले भने १७ खेल मध्य नौ खेलमा जित हात पार्दा ६ खेलमा हार व्यहोरेको छ ।  

 

Click to comment

Trending