Headline

अबको १० दिनमा सकिन सक्छ रोनाल्डोको अन्तर्राष्ट्रिय खेल जीवन 

Published

on

पोर्चुगल र म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोको अबको १० दिनमा अन्तर्राष्ट्रिय खेल जीवन सकिन सक्ने प्रवल सम्भावना रहेको छ । रोनाल्डोले सेलेकाओका लागि चारवटा विश्वकप कप खेलिसकेका छन् । तर यस पटक कतारमा आयोजना हुने विश्वकपमा पोर्चुगल सिधै छनोट हुन नसक्दा ३७ वर्षीय रोनाल्डोको अन्तर्राष्ट्रिय खेल जीवन पनि अन्त्य तिर आएको हुन सक्दछ । 

पोर्चुगलले आगामी बिहीबार विश्वकप छनोटको प्लेअफको सेमिफाइनलमा टर्कीको सामना गर्दैछ । उक्त खेलमा पराजित भएमा पोर्चुगलको विश्वकपको यात्रा समाप्त हुनेछ भने जित निकाल्न सकेको खण्डमा उसले त्यसको पाँच दिन पछि इटालीको सामना गर्नेछ । इटालीलाई पराजित गर्न सके पोर्चुगलले विश्वकपको यात्रा तय गर्नेछ र हारको सामना गर्न पुगेमा उसको विश्वकपको यात्रा मात्र हैन रोनाल्डोको आफ्नै अन्तर्राष्ट्रिय खेल जीवन पनि त्यहीं सकिन सक्ने छ ।

रोनाल्डोको बढ्दो उमेर र लामो समय सम्म ठुलो प्रतियोगिताहरू नभएका कारण पनि पोर्चुगलले रोनाल्डो बिना खेल्ने कि नखेल्ने भन्ने प्रश्नहरु उठ्न सुरु गरिसकेका छन् । त्यस्तै पछिल्लो एक वर्ष भन्दा बढीको समयमा पोर्चुगलले रोनाल्डो बिना खेल्दा पनि राम्रो नतिजा निकालेका कारण पनि उनी खेल्दाको विकल्पमा पनि पोर्चुगलले काम सुरु गर्ने जानकारहरूको टिप्पणी छ ।

पोर्चुगलले रोनाल्डोको कप्तानीमा सन् २०१६ को युरो कप तथा सन् २०१८ को नेसन्स लिगको उपाधी चुमेको थियो । तर पनि अहिलेको अवस्था अर्कै रहेको मैस फुटेबोलका सर्जियो पिरेसको धारणा रहेको छ ।     

“अहिलेको अवस्थामा यो राजनैतिक समस्या जस्तै बनेको छ । केही पाउन केही गुमाउन पर्दछ भने जस्तै अब पोर्चुगल राष्ट्रिय टोलीले रोनाल्डो बिना नै खेल्ने रणनीति अवलम्बन गर्न पर्दछ,” पिरेसले भने । “मैले यदि पोर्चुगलले आफ्नो सबैभन्दा राम्रो खेलाडी बिना उत्कृष्ट प्रदर्शन गरेको छ भने भने त्यो निन्दात्मक हुन्छ सक्दछ । तर यदि सेप्टेम्बर २०१४ देखिको खेललाई नियाल्ने हो भने रोनाल्डो बिना खेल्दा पोर्चुगलले एउटा खेल पनि हारेको छैन । “

त्यस्तै पोर्चुगलले रोनाल्डो बिना नै सेप्टेम्बर २०२० मा नेसन्स लिग अन्तर्गतको खेलमा क्रोयसियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस खेललाई पोर्चुगिज पत्रकारहरूले फर्नान्डो सान्तोसको प्रशिक्षकका रुपमा आठ वर्षको सबैभन्दा राम्रो प्रदर्शन भएको लेखेका थिए । 

उक्त खेलमा ब्रुनो फर्नान्डेस, बर्नार्ड़ो सिल्भा, डियगो जोटा र जाओ फेलिक्सले रोनाल्डोको कमी महसुस हुन दिएका थिएनन् । उनीहरु बाहेक पेपे र जाओ क्यान्सेलोको प्रदर्शन पनि उच्च श्रेणीको नै थियो ।  

“तर रोनाल्डो खेल्दा पोर्चुगलको खेल नै अर्कै हुने गर्दछ । सबै खेलाडीले रोनाल्डोको लागि नै खेल्न चाहन्छन् । किन भने रोनाल्डो टोलीको कप्तान र महत्वपूर्ण खेलाडी हुनुको साथ साथै स्टार खेलाडी पनि हुन् । यस अवस्थामा टोलीमा एउटा रोनाल्डो र अर्को बाँकी १० खेलाडी जस्तै अवस्था उत्पन्न हुन्छ । त्यसैले पनि रोनाल्डो नहुँदा अन्य खेलाडीहरु तनाबमुक्त भएर पनि खेल्न सक्दछन् ।”

कुनै पनि टोलीले आफ्नो स्टार र सर्बोत्क्रिस्ट खेलाडी बिना खेल्ने र राम्रो प्रदर्शन गर्ने बारेमा सोच्न पनि सक्दैन । यो ६७ वर्षीय सन्तोसमा पनि लागु हुन्छ । तर उनले यसमा के गर्नेछन् भन्ने बारेमा पक्कै पनि केही समयमा निर्णय लिने नै छन् ।

 

Click to comment

Trending