Headline

यु १९ महिला राष्ट्रिय प्रतियोगिता : कर्णालीको विजयी सुरुवात 

Published

on

कर्णाली प्रदेशले धनगढीमा जारी यु १९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा धनगढीले कर्णाली प्रदेश माथि ३४ रनको जित दर्ता गराएको हो ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले पुरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर ९३ रन बनायो भने जबाफी ब्याटिङ गरेको सुदूरले १३ दशमलब चार ओभर खेल्दा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो ।

 कर्णालीको जितमा एन्जिला थापाले तीन ओभर बलिङ गर्दै १३ रन खर्चिएर सर्वाधिक तीन विकेट लिँदा श्रिमि सिंह थारु, दिक्ष्या  पुरी र त्रिशना बिकले समान २-२ विकेट हात पारे ।  

सुदूरको तर्फबाट कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसको लागि मनिषा चौधरीले सर्वाधिक नौ रन जोड्दा स्नेहा महराले सात रनको पारी खेलिन् ।

यस अघि कर्णालीको लागि ओपनर द्वय किरण कुमारी कुँवर र त्रिशना बिकले क्रमश ५० बलमा २५ तथा ३९ बलमा १२ रनको पारी खेले । त्यस बाहेक शोभा शाहीले अविजित नौ र एन्जिला थापाले ६ रन जोड्दा बाँकी ब्याटरले रनको खाता पनि खोल्न भ्याएनन् । 

सुदूरकी साबित्री धामीले चार ओभरमा १५ रन खर्चिएर तीन तथा मनिषा चौधरीले एक विकेट हात पारे भने बाँकी बलर विकेट बिहिन रहन पुगे ।  

 

Click to comment

Trending