Headline

युएई माथि सनसनीपूर्ण जित निकाल्दै पिएनजीले लिग टुमा खोल्यो जितको खाता 

Published

on

घरेलु टोली युएई माथि ६ विकेटको सनसनीपूर्ण जित दर्ता गर्दै पपुवा न्यु गिनीले विश्वकप लिग टु ,मा आफ्नो पहिलो जित दर्ता गराएको छ । यस अघि खेलेका १४ खेलमा जित बिहिन रहेको पिएनजीको यो पहिलो जित हो ।   

बलरहरु अलेई नाओले र चाद सोपरले घातक बलिङ गर्दै युएईलाई सानो स्कोरमा रोकेको पिएनजीका कप्तान असद भालाले अर्धशतकीय पारी खेल्दै आफ्नो टोलीलाई लिग टु मा पहिलो जित दिलाउन सफल भए ।

युएईले दिएको १४८ रनको लक्ष्य पिएनजीले ३६ दशमलब दुई ओभर खेल्दै चार विकेट गुमाएर लक्ष्य पार गर्यो ।

पिएनजीको जितमा कप्तान भालाले ९७ बलको सामना गर्दै छ चौकाको मद्दतमा अविजित ६८ रनको पारी खेले भने चार्ल्स अमिनीले पनि ३६ रनको योगदान दिए ।   

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले  १६ रनमा पाँच विकेट गुमाएर निकै खराब सुरुवात गरे पनि रोहण मुस्तफाले अर्धशतकीय पारी खेल्दा पुरै ५० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १४७ रनको मध्यम योगफल बनायो ।  

युएईको लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका रोहण मुस्तफा एक्लैले १४७ रनको योगफल सम्म डोर्याउन सफल भएका हुन् । युएई लज्जास्पद स्कोरमा रोकिने अवस्थाबाट मुस्तफाले ८८ रन प्रहार गरे । युएईको पारीको अन्तिम बलमा आउट भएका उनले १४४ बलको सामना गर्दै ११ चौका र एक छक्का प्रहार गरे । 

३६ दशमलब तीन ओभरमा बोर्डमा ७७ रन हुँदा नौ विकेट गुमाएको युएईको लागि मुस्तफाले ज़हुर खानसँग मिलेर अन्तिम विकेटका लागि ७० रन जोडे । १९ बलको सामना गर्दै दुई रन जोडेका खान अविजित रहे ।  

मुस्तफा बाहेक बसिल हमिदले ५४ बलमा २० रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । युएईका अन्य ब्याटरमा मोहम्मद वासिम, वृत्य अरविन्द, काशिफ दाउद र कप्तान अहमद राजा समान ६-६ तथा चिराग सुरी र सिपी रिजवान समान १-१ रनमा आउट हुँदा अलिशान शराफु र जुनियद सिद्दिकीले रनको खाता सम्म पनि खोल्न भ्याएनन् ।    

युएईलाई सानो स्कोरमा रोक्ने क्रममा अलेई नाओले सर्वाधिक चार विकेट हात पार्दा चाद सोपरले तीन विकेट आफ्नो नाममा दर्ता गराए ।

 

Click to comment

Trending