Headline

यो टोलीलाई परिवर्तन गर्नेमा म बिश्वस्त छु: दासानायके

Published

on

निराशाजनक ब्याटिँग प्रदर्शन गर्दै आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गत युएईसँगको लो–स्कोरिङ्ग खेलमा ४८ रनले पराजित भएपनि प्रशिक्षक पुबुदु दासानायकेले वर्तमान नेपाली राष्ट्रिय टोलीलाई रुपान्तरण गर्नेमा आफू बिश्वस्त रहेको बताएका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक खेलेको खेलमा नेपालले घरेलु टोलीलाई १ सय ६८ रनमा सिमित पारेपनि लक्ष्य पछ्याउने क्रममा १ सय २० रनमै अल आउट हुन पुगेको थियो । रोहित कुमार पौडेल र ज्ञानेन्द्र मल्ल मात्र लामो समय क्रिजमा टिक्दा नेपाल ३६ ओभरभित्रै अल आउट हुन पुगेको थियो ।

“यो युवा टिमलाई मैले नै ५० ओभरको खेलमा पहिलो पटक सम्हाल्दै आइरहेको छु । हामी कसरी हरेक दिन राम्रो बन्दै जाने त्यो हेर्न आवश्यक छ । यो स्तरमा जिम्मेवारी लिदै ब्याटिँग युनिटको नै नेतृत्व गर्ने क्षमता कसैले देखाउन निकै आवश्यक छ । अब अर्को खेलमा केन्द्रित हुन पर्छ,” दासानायकेले भने ।

“हामी २० ओभरको खेल खेल्दै आइरहेको कारण पनि त्यो धैर्यता देखाउन सकिरहेका छैनौं । हामी यस बिषयमा छलफल गर्दै आइरहेका छौं र प्रशिक्षण पनि यही अनुरुप नै गर्दैछौं । आज भने अनुसारको ब्याटिँग हुन सकेन र यो टिममा म धेरै दवाब पनि राख्न चाहन्न ।”

“हामीले कुनै पनि हालतमा यो परिस्थितिबाट बाहिर आउदै आत्मबिश्वास बटुल्नै पर्छ । अब यही सोच्दै बसेर हुँदैन । म यो टिमलाई पूर्ण रुपमा बदल्न सक्नेमा बिश्वस्त छु,” दासानायकेले थपे ।

नेपालले लिग टुमा ५ खेलमा जित हात पारेको छ भने ५ मा पराजय व्यहोरेको छ । १० अंक सहित नेपाल छैटौं स्थानमा छ भने जितबिहिन पुपुवा न्युगिनी पुछारमा छ ।

Click to comment

Trending