Headline

युएई विरुद्ध नेपालको उत्कृष्ट सुरुवात 

Published

on

विश्वकप लिग टु अन्तर्गत घरेलु टोली युएई विरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ ओभरको समाप्ति सम्ममा २९ रन बनाएर दुई विकेट गुमाएको छ । युएईका ओपनर चिराग सुरी र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका वृत्य अरविन्द दुबै सोमपाल कामीको बलमा आउट हुँदै पेभेलियन फर्किएका छन् ।  

नेपाललाई हात परेको दुबै विकेट सोमपाल कामीले लिएका हुन् । सोमपालले आफ्नो दोश्रो तथा नेपालको चौथो ओभरमा ओपनर चिराग सुरीको विकेट निकाल्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सुरी १५ बलमा ६ रन जोड्दै पेभेलियन फर्किए ।

सोमपालको दोश्रो तथा नेपालको चौथो ओभरको पाँचौं बलमा बाउन्सर आएको बल हुक गर्ने प्रयासमा असफल हुँदा सुरीले विकेट किपर आसिफ शेखलाई सहज क्याच दिन पुगे ।

त्यस्तै सोमपालले नै दोश्रो विकेट पनि हात पारेका हुन् । सोमापलले तीन बलमा तीन रन बनाएका वृत्य अरविन्दलाई विकेट किपर आसिफको हातबाट क्याच थमाउँदै आफ्नो व्यक्तिगत तथा नेपालको दोश्रो विकेट पनि निकाल्न सफल भएका हुन् । सोमपाललाई अरविन्दको विकेट आफ्नो तेश्रो ओभरको पहिलो बलमा नै लिएका हुन् । 

सोमपालले तीन ओभर बलिङ गर्दै १० रन खर्चिएर दुई विकेट हात पारी सकेका छन् ।          

Click to comment

Trending