Headline

सोमपालको घातक बलिङमा युएई माथि नेपाल हाबी 

Published

on

तीब्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गर्दा विश्वकप लिग टु अन्तर्गत घरेलु टोली युएई विरुद्धको खेलमा नेपाल हाबी भएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ११ ओभरको समाप्तिमा चार विकेट गुमाएको छ भने बोर्डमा रन ३७ मात्र जोड्न सफल भएको छ ।

नेपालको लागि सोमपालले तीन तथा करण केसीले एक विकेट हात पारेका छन् । युएईका मुख्य तीन ब्याटरहरुको विकेट सोमापल कमीले नै लिएका हुन् । सुरुवाती तीन ब्याटरको विकेट निकाल्न सफल सोमपालले पाँच ओभर बलिङ गर्दै मात्र १४ रन खर्चिएका छन् । करणले भने दुई ओभरमा दुई रन खर्चिएर एक विकेट हात पारेका छन् ।  

युएईका ओपनरद्वय चिराग सुरी र मोहम्मद वसिम तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका वृत्य अरविन्द तिनै जना सोमपालको बलमा क्याच आउट हुँदै पेभेलियन फर्किएका छन् । दुई रन बनाएका असिफ खान करणको बलमा क्याच आउट भएका हुन् ।  

सुरी १५ बलमा ६ रन, अरविन्द चार बलमा तीन तथा वसिम २७ बलमा २१ रन जोड्दै पेभेलियन फर्किएका हुन् ।  

Click to comment

Trending