Headline

नेपाल विरुद्ध युएई – हेड टु हेड 

Published

on

नेपालले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप छनोटको आधार रहेको  आईसीसी लिग टु अन्तर्गतको तेश्रो शृंखलाको दोश्रो खेलमा घरेलु टोली युएईको सामना गर्दैछ । खेलमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

एसोसिएट्सका दुई टोली नेपाल र युएई एक अर्काका परिचित टोली हुन् । ट्वान्टी ट्वान्टी र ५० ओभरको खेलमा धेरै पटक भिडेका दुई टोली एकदिवसीय खेलमा भने यस अघि चार पटक मात्र भिडेका छन् । जस मध्य दुवैले २-२ खेलमा जित निकाल्न सफल रहेका थिए । नेपालले पछिल्लो दुई खेलमा युएईलाई पराजित गरेको थियो भने सुरुवाती दुई खेलमा हारको सामना गर्न बाध्य भएको थियो । 

एकदिवसीयमा नेपालको पहिलो भिडन्त सन् २०१८ मा आयोजना भएको एसिया कप छनोटमा भएको थियो । उक्त खेलमा नेपाल ७८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपालले सन् २०१९ मा युएईको भ्रमण गर्दै घरेलु टोली विरुद्ध तीन खेलको शृंखला खेलेको थियो । भ्रमणको पहिलो खेलमा पराजित भएको नेपालले त्यस पछिका लगातार दुई खेलमा जित निकाल्दा शृंखला माथि कब्जा जमाउन सफल भएको थियो । त्यो नेपालको एकदिवसीयको पहिलो शृंखला माथिको जित थियो ।      

नेपाल विरुद्ध युएई – हेड टु हेड 

एसिया कप छनोट, अगस्ट ३०, २०१८ 

युएई – २५४/९ 

चिराग सुरी             ६५ रन, ९१ बल 

अदनान मुफ्ती         ५७* रन, ४६ बल 

अश्फाक अहमद      ४५ रन, ४१ बल  

 

सन्दिप लामिछाने       २४/४, १० ओभर 

बसन्त रेग्मी               ४९/२, १० ओभर

सोमपाल कामी          ५८/२, १० ओभर 

 

नेपाल – १७६/१०, ४८.५ ओभर 

सुवाश खकुरेल           ५० रन, ९७ बल 

दिपेन्द्र सिंह ऐरी          ४० रन, ६४ बल 

 

अहमद राजा              ३७/४, १० ओभर

मोहम्मद नाविद          ४८/३, १० ओभर

नेपाल ७८ रनले पराजित 

 

नेपालको युएई भ्रमण, पहिलो एकदिवसीय खेल, जनवरी २५, २०१९ 

नेपाल – ११३/१०, ३३.५ ओभर 

सोमपाल कामी           ३० रन, ४७ बल 

आरिफ शेख               २५ रन, ४३ बल 

 

अमिर हयात              १९/३, ७.५ ओभर 

मोहम्मद नावीद           ३१/३, ९ ओभर 

 

युएई – ११६/७, ३२.१ ओभर 

गुलाम शब्बिर              ३० रन ४८ बल 

अमिर हयात                २४* रन, ४२ बल  

 

पारस खड्का               २३/२, ७ ओभर 

करण केसी                  ३१/२, ९ ओभर 

 

नेपाल तीन विकेटले पराजित 

 

नेपालको युएई भ्रमण, दोश्रो एकदिवसीय खेल, जनवरी २६, २०१९ 

नेपाल – २४२/९, ५० ओभर 

रोहित पौडेल                ५५ रन, ५८ बल 

ज्ञानेन्द्र मल्ल                 ४४ रन, ६१ बल 

 

अमिर हयात                 ४१/३, १० ओभर 

इमरान हैदर                  ५४/३, १० ओभर 

 

युएई – ९७/१०, १९.३ ओभर 

मुहम्मद उस्मान               २६ रन, ३९ बल 

 

सोमपाल कामी                ३३/५, ६.३ ओभर 

सन्दिप लामिछाने              २४/४, ४ ओभर 

नेपाल १४५ रनले विजयी 

 

नेपालको युएई भ्रमण, तेश्रो एकदिवसीय खेल, जनवरी २८, २०१९ 

युएई – २५४/६, ५० ओभर 

शैमान अनवर                  ८७ रन, ७० बल 

मोहम्मद बुता                   ५९* रन, ३१ बल 

 

पारस खड्का                   ४४/२, १० ओभर 

करण केसी                      ४६/२, १० ओभर 

 

नेपाल – २५५/६, ४४.४ ओभर 

पारस खड्का                    ११५ रन, १०९ बल 

ज्ञानेन्द्र मल्ल                      ३१ रन, ३५ बल 

 

इमरान हैदर                      ५०/२, १० ओभर 

अश्फाक अहमद                ५५/२, ७ ओभर 

नेपाल ४ विकेटले विजयी 

Click to comment

Trending