Headline

बंगलादेशसँग पनि नेपाल पराजित 

Published

on

भारतमा जारी साफ यु-१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोश्रो हारको सामना गरेको छ । 

तीन टोली सम्मिलित प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा भारतसँग ७-० को फराकिलो गोल अन्तरले पराजित भएको नेपालले आज आफ्नो दोश्रो खेलमा ४-२ को हारको सामना गर्न बाध्य भएको हो ।

बंगलादेशको जितमा अफिदा खानडेकर, अल्किमा खातुन, इटि खातुन र शाहदा अख्तरले समान १-१ गोल गर्दा नेपालका दिपा शाही र अमिशा कार्कीले पनि १-१ गोल फर्काउन सफल भए ।

नेपालले खेलको पहिलो मिनेटमा नै गोल खान पुग्यो । बंगलादेशको लागि खानडेकरले कर्नरबाट आएको बललाई हेडर मार्फत गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिन सफल भइन् ।

खेलको ३० औँ मिनेटमा दिपाले गोल लामो दूरीबाट हिर्काएको बलले जाली चुम्दा नेपाल खेललाई बराबरीमा पुर्याउन सफल भयो ।

तर नेपालको खुशी लामो समय टिक्न सकेन । बंगलादेशको लागि अक्लिमाले ३३ औँ, ३४ औँ मिनेटमा इटिले तथा रिपाले ४३ औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा बंगलादेशलाई ४-१ को अग्रता दिलाए । दोश्रो हाफको इन्जुरी समयमा नेपालको लागि अमिशाले गोल गरे पनि त्यो निकै ढिला भइसकेको थियो ।

नेपालले अब आफ्नो तेश्रो खेलमा मार्च २१ तारिकमा भारतको सामना गर्नेछ । पहिलो दुई खेलमा पराजित हुँदा नेपालको फाइनल खेल्ने आशा निकै कठिन रहेको छ ।   

   

 

Click to comment

Trending