Headline

थाइल्याण्डसँगको मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी

Published

on

एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले यही चैतमा दुई मैत्रिपूर्ण खेल खेल्दैछ । नेपालले थाइल्याण्डको राष्ट्रिय टोली तथा शीर्ष क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

मैत्रिपूर्ण खेलका लागि नेपाली टोली यति बेला बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिइरहेको छ । केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरिरहेको नेपालले अभ्यासलाई तीव्रता दिइरहँदा टोली सुखद नतिजाको लक्ष्यमा हुनेछ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका थाइल्याण्ड भ्रमणको कार्यतालिका केही समय अघि सार्वजनिक गरेको थियो । नेपालले चैत १० र चैत १३ गते हुने दुई मैत्रिपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीले अभ्यासलाई तीव्रता दिइरहेको छ । नेपाली टोलीले आगामी चैत १० गते थाइल्याण्डको राष्ट्रिय टोली र चैत १३ गते चोनबुरी एएफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । दुवै खेल चोनबुरीको मैदानमा हुनेछन् । नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले थाइल्याण्डसँग हुने दुई मैत्रिपूर्ण खेलका लागि यसअघि २५ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । सोही अनुसार खेलाडीले बन्द प्रशिक्षणमा रहेर अभ्यास गर्दा तीन खेलाडी किरण चेम्जोङ, रोहित चन्द र जगजित श्रेष्ठ भने उपस्थित थिएनन् । वैदेशिक क्लवहरुको अनुबन्धमा रहेकाले उनीहरु उपस्थित छैनन् । तर अन्तर्राष्ट्रिय भ्रमणमा उनीहरु समावेश हुनेछन् ।   

एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्र क्लबका खेलाडीलाई भने मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक अलमुताइरीले बोलाएका छैनन् । मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध घरेलु मैदानमा अप्रिल ५ मा प्रतिस्पर्धा गर्दैछ । ब्लु स्टारविरुद्धको खेलमा मच्छिन्द्रले सुखद नतिजा निकाले मच्छिन्द्रले अप्रिल १२ मा भारतको मोहन बगान विरुद्ध खेल्ने तालिका छ । समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगान विरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ । शहीद स्मारक ए डिभिजन लिगको सातौँ चरण सकिँदा अंक तालिकाको शीर्ष स्थानमा रहेपछि मच्छिन्द्रले एएफसी कप छनोटका लागि स्थान पक्का गरेको हो । जुन अखिल नेपाल फुटबल संघ (एन्फा) लिगको दौरानमा यस्तो सूचना निकालेको थियो ।

यसैबीच बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय फुटबल खेलाडीले बिहीबार आपसमा रङ साटेर होली मनाए ।  

Click to comment

Trending