Headline

नेपालको सङ्घर्षपूर्ण जित 

Published

on

आईसीसी लिग टु अन्तर्गतको आफ्नो तेश्रो त्रिकोणात्मक शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी विरुद्ध दुई विकेटको सङ्घर्षपूर्ण जित हात परेको छ । 

युवा ब्याटर रोहित कुमार पौडेलको अर्धशतक तथा आरिफ शेखको संयमित ब्याटिङमा नेपालले  पिएनजीले दिएको २०५ रनको लक्ष्य आठ विकेट गुमाएर चार बल अगाडि लक्ष्य पार गरेको हो ।

नेपालको जितमा रोहितले सर्वाधिक ६० रन बनाए भने अर्धशतक बनाउनबाट चुकेका आरिफले ४९ रनको पारी खेल्दा करण केसीले २५ बलमा एक चौका र दुई छक्का सहित २९ रन बनाउँदै नेपालको जित सुनिश्चित गरे । 

ओपनर कुशल भुर्तेल एक, ज्ञानेन्द्र मल्ल चार, दिपेन्द्र सिंह ऐरी आठ तथा अर्का ओपनर आसिफ शेख १६ रनमा आउट हुँदा १५ ओभरमा ४२ रनको अवस्थामा चार विकेट गुमाएर खराब सुरुवात गरेको नेपालको लागि क्रमश पाँचौं र छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका रोहित र आरिफले पाँचौं विकेटका लागि १०० रनको साझेदारी गर्दै पारी सम्हालेका हुन् ।

खेलको प्लेयर अफ द म्याच घोषित रोहितले ८३ बल खेल्दै कार चौका प्रहार गर्दै ३८ औं ओभरमा आउट भए भने त्यसको सात ओभर पछि नै ८३ बल खेल्दै आरिफ पनि पेभेलियन फर्किन बाध्य भए । विकेट किपर ब्याटर बिनोद भण्डारीले पनि ११ रन भन्दा जोड्न सकेनन् भने सोमपाल कामीले आठ रन बनाए ।

पिएनजीका नोर्मन वानुआ, अलेइ नाओरइली हेकरले समान २-२ विकेट आफ्नो नाममा लेखाउन सफल रहे ।

यस अघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले पुरै ५० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा २०४ रनको सामान्य योगफल बनाउन सक्यो ।

पिएनजीको तर्फबाट चौथो नम्बरमा ब्याटिङ गर्न आएका चार्ल्स अमिनले ८२ बलको सामना गर्दै सात चौकाको सहयोगमा सर्वाधिक ५९ रन बनाए भने चाद सोपर र टोनी उराले क्रमश ३५ र २७ रनको योगदान दिए । 

नेपालका सोमपालले सर्वाधिक तीन विकेट हात पार्दा आरिफ शेख, कप्तान सन्दिप लामिछाने र ज्ञानेन्द्र मल्लले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए । सन्दिपले १० ओभरमा ३० रन खर्चिए भने ज्ञानेन्द्रले दुई ओभरमा ६ र आरिफले ६ ओभरमा १६ रन दिए । किफायती बलिङ गरेका दिपेन्द्र सिंह ऐरीले विकेट निकाल्न नसके पनि १० ओभरमा २६ रन मात्र खर्चिए ।

आजको जितसँगै नेपालको १० अंक पुगेको छ भने छैटौँ स्थानमा नै यथावत रहेको छ । नौ खेलमा नेपालले पाँच खेलमा जित हात पार्दा चार खेलमा भने हारको सामना गर्न पुगेको थियो ।   

 

 

Click to comment

Trending